Friday, July 12, 2019

विषादीको परिक्षण रोक्ने निर्णयविरुद्ध मसाल जुलुस

काठमाडौं, २६ असार– कांग्रेसको भातृ संगठन नेविसंघले भारतबाट आउने तरकारी तथा फलफूलमा विषादी परिक्षण नगर्ने सरकारको निर्णयविरुद्ध बिहीबार सा“झ मसाल जुलुस प्रदर्शन गरेको छ ।
नेविसंघले बालाजु चोकदेखि बाइपाससम्म निकालेको जुलुसमा ‘आमजनतालाई विषाक्त तरकारी र फलफूल खुवाउन पाइ“दैन’ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको थियो ।
नेविसंघका नेताहरूले भारतका सामु प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले घुडा टेकेर विषादी परिक्षण रोकेको आरोप लगाउ“दै निर्णय नसच्याए आफूहरू कडा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएका थिए ।
नेविसंघले विषादीको परीक्षण गरेरमात्रै भारतीय तरकारी तथा फलफूल आयात गर्न माग गरेका थिए । प्रहरीले मसाल जुलुसमा हस्तक्षेप गरी नेविसंघका १४ कार्यकर्तालाई पक्राउ गरेको छ । हस्तक्षेपका क्रममा विद्यार्थी नेताहरू पवन थापा, बिजय ढुंगाना, अमृत लामिछाने, प्रदिपजंग शाह घाइते भएको नेविसंघले जनाएको छ ।

No comments:

Post a Comment