Tuesday, July 16, 2019

ज्येष्ठ नागरिकको जिम्मा स्थानीय तहलाई

काठमाडौं, ३० असार– सन्तान नभएका या भएर पनि अलपत्र परेका ज्येष्ठ नागरिकको पालनपोषणको जिम्मेवारी स्थानीय तहलाई दिइने भएको छ । प्रतिनिधिसभाको महिला तथा सामाजिक समितिको सोमबार बसेको बैठकमा अलपत्र परेका ज्येष्ठ नागरिकको पालनषोषणको जिम्मेवारी स्थानीय सरकारलाई दिने कानुनी व्यवस्थामा सहमति जुटेको छ ।
समितिमा ज्येष्ठ नागरिकसम्बन्धी विधेयकमाथि दफावार छलफल भइरहेको छ । समितिमा सन्तान नभएका या भएर पनि अलपत्र परेका ज्येष्ठ नागरिकको सम्पत्तिसमेत स्थानीय तहले आप्mनो स्वामित्वमा ल्याई पालनपोषणमा खर्च गर्नसक्ने व्यवस्था विधेयकमा राख्न सहमति जुटेको छ ।
बैठकपछि समिति सभापति नीरुदेवी पालले अलपत्र परेका ज्येष्ठ नागरिकको जिम्मेवारी सम्बन्धित स्थानीय तहले लिने गरी कानुनी व्यवस्था गर्ने निर्णय भएको जानकारी दिइन् । विधेयकमा ज्येष्ठ नागरिकले आप्mनो सम्पत्ति चाहेको व्यक्तिलाई दिन पाउने प्रावधान राखिएको छ । ज्येष्ठ नागरिकको शेषपछि उनीहरूकोे सम्पत्तिमा छोराछोरीको हक लाग्ने यसअघिको व्यवस्था हटाउन लागिएको हो ।
अब ज्येष्ठ नागरिक आफ्नो लालनपालन नगर्ने छोराछोरीलाई सम्पत्ति दिन बाध्य हुने छैनन् । ज्येष्ठ नागरिकले आप्mनो चल÷अचल सम्पत्ति आफूहरूलाई पालनपोषण गर्ने जोकोहीलाई पनि दिन सक्ने व्यवस्था विधेयकमा गरिएको छ।यसअघि ज्येष्ठ नागरिकको सम्पत्तिको भोगचलन हकवालाले मात्रै गर्न पाउने कानुनी व्यवस्था थियो ।

No comments:

Post a Comment