Monday, July 29, 2019

मुलुकभर काठको विद्युत पोल हटाइने

काठमाडौं, ११ साउन– सरकारले मुलुकभर रहेका काठका विद्युत् खम्बा हटाउने भएको छ । सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासंघको दसौं राष्ट्रिय परिषद् बैठकलाई शनिबार सम्बोधन गर्दै ऊर्जा, जलस्रोत तथा सि“चाइमन्त्री वर्षमान पुनले प्रदेश र स्थानीय तहसितको सहकार्यमा सरकारले मुलुकभरका काठका खम्बा हटाउन अभियान सञ्चालन गर्ने बताए । उनका अनुसार मुलुकभर झन्डै साढे ४ लाख काठका विद्युत् खम्बा छन् ।
उनले छिट्टै जलस्रोत ऐन र राष्ट्रिय जलस्रोत नीति ल्याइने बताए । सरोकारवाला र आमजनताको हितप्रतिकूल हुने गरी ऐन र नीति नआउनेमा विश्वस्त हुनसमेत उनले आग्रह गरे । उनले सरोकारवालास“गको छलफलबिना अब सरकारले कुनै पनि विधेयक नल्याउने बताए ।
पूर्वऊर्जामन्त्री एवं कांग्रेस प्रमुख सचेतक बालकृष्ण खा“णले सामुदायिक विद्युत् ऐन छिटो ल्याउन सरकारलाई आग्रह गरे । सामुदायिक विद्युत् ऐन पारित गर्न कांग्रेसले पूर्ण साथ दिने उनले बताए ।
कार्यक्रममा महासंघका प्रतिनिधिले सरोकारवाला सबै पक्षस“ग सहकार्य र साझेदारी गरी समयसापेक्ष विद्युत् ऐन, नीति र नियमावली परिमार्जन गर्न सरकारको ध्यानाकर्षण गराए ।

No comments:

Post a Comment