Tuesday, July 16, 2019

लोकसेवाको विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, ३१ असार– लोकसेवा आयोगले स्थानीय तहमा रिक्त कर्मचारी पदपूर्तिका लागि गरेको विज्ञापन खारेजीको माग गर्दै मंगलबार राजधानीको माइतीघर मण्डलमा प्रदर्शन गरिएको छ । आरक्षण बचाऔं आन्दोलनअन्तर्गत भएको प्रदर्शनमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको राजीनामा माग्दै नाराबाजीसमेत गरिएको थियो ।
संविधानको समानुपातिक र समावेशी सिद्धान्तविपरीत विज्ञापन गरिएको भन्दै प्रदर्शनमा महिला, दलित, जनजाति, मुस्लिमलगायतका समुदाय सहभागी भएका थिए । प्रदर्शनका क्रममा ‘सीमान्तकृत समुदायको अधिकार सुनिश्चित गर’, ‘लोकसेवा आयोगलाई बाहुन सेवा आयोग बनाउन पाइँदैन’ लगायतका प्लेकार्ड बोकेका थिए । उनीहरूले संघीय मामिलामन्त्री पण्डितले समावेशी सिद्धान्तको खिल्ली उडाएको भन्दै राजीनामा मागेका थिए ।


No comments:

Post a Comment