Monday, July 22, 2019

३ वर्षभित्रै चक्रपथमा मोनोरेल : काठमाडौं महानगर

काठमाडौं, ५ साउन– काठमाडौं महानगरले आगामी ३ वर्षभित्र राजधानकिो चक्रपथमा मोनोरेल सञ्चालनमा ल्याइसक्ने महत्वकांक्षी कार्ययोजना घोषणा गरेको छ । काठमाडौं महानगरले नगरसभाबाट पारित चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र चक्रपथमा मोनोरेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउने योजना घोषणा गरेको हो ।
महानगरका प्रवक्ता ईश्वरमान डंगोलका अनुसार पहिलो चरणमा चक्रपथमा मोनोरेल सञ्चालन गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्ने कार्य अन्तिम चरणमा पुगेको छ । ‘अबको एक÷डेढ महिनामै मोनो रेल निर्माणका लागि डीपीआर तयार हुँदैछ’  उनले भने ।
डंगोलका अनुसार २७ किलोमिटर लम्बाइको चक्रपथमा मोनो रेल निर्माणका लागि करिब १३ खर्ब रुपैया“ लाग्ने अनुमान छ । डंगोलले डीपीआर तयार भएपछि बुट प्रणालीमा विदेशी कम्पनीलाई निर्माण गर्न दिने या दातृ समुदायबाट सहयोग जुटाएर केन्द्र, प्रदेश र महानगरसहित राजधानीका सबै स्थानीय तहको लगानीमा बनाउने भन्नेबारेमा छलफल सुरु हुनेछ । ‘मोनो रेलका लागि लगानीको मोडेल तय हुनै बा“की छ । डीपीआर आएपछि छलफल सुरु हुनेछ’ डंगोलले भने ।
काठमाडौं महानगरको नगरसभाले हालै पारित गरेको ‘आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम’ बारे जानकारी दिन आइतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै डंगोलले फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेघा हल निर्माण, बालाजु बाइसधाराको स्तरोन्नति, महानगर क्षेत्र भई बग्ने नदी सम्पदाहरूको सुदृढीकरण, पर्यटन पदमार्गको उचित व्यवस्थापन गर्ने कार्यक्रम तय गरिएको बताए ।
डंगोलका अनुसार काठमाडौं महानगरले पर्यटन क्षेत्रको विकासका लागि विश्व सम्पदा सूचीमा रहेका हनुमानढोका दरबार क्षेत्र, स्वयम्भू, बौद्ध र पशुपति क्षेत्रलाई पर्यटकीय हवका रूपमा विकास गर्न विशेष कार्यको थालनीसमेत चालू आर्थिक वर्षबाटै सुरु गर्ने कार्यक्रमसमेत तय गरेको छ ।
उनले नीति तथा कार्यक्रममा महानगरभित्र प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तारका लागि आगामी २ वर्षभित्र प्राविधिक विद्यालय स्थापना गरी सञ्चालन गर्ने योजनासमेत गरिएको जानकारी दिए । महानगरले ज्येष्ठ नागरिकहरूलाई उपचारको उचित व्यवस्था गर्न केन्द्र र प्रदेश सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने योजनासमेत सार्वजनिक गरेको छ ।
ज्येष्ठ नागरिक अस्पतालका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको जानकारी डंगोलले दिए । महानगर सभाले चालू वर्षका लागि १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ । महानगरले अतिक्रमित सार्वजनिक जग्गालाई आफ्नो स्वामित्वमा ल्याई त्यहाँ बाल मैत्री उद्यान, योगापार्क तथा ज्येष्ठ नागरिक मैत्री पार्क र खुला क्षेत्रहरुको विकास गर्ने योजनासमेत नीति तथा कार्यक्रममा अघि सारेको छ ।
महानगरले यसै वर्ष सहरका मुख्यमुख्य चोकहरूमा ‘मेयर उज्यालो कार्यक्रम’ अन्तर्गत हाइमास बत्ती जडान गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि ‘भर्टिकल पार्किङ’ र ‘अन्डरग्राउन्ड पार्किङ’ को अवधारणा तय गरी कार्यान्वयनमा ल्याउने योजनासमेत महानगरले अघि सारेको छ । त्यसका लागि आवश्यक बजेटको व्यवस्थासमेत गरिएको जानकारी डंगोलले दिए ।
महानगरले नीति तथा कार्यक्रममा काठमाडौंमा गाडीले फ्याँक्ने धुँवाबाट हुने प्रदुषण नियन्त्रण घटाउन साइकल लेनको व्यवस्था गर्ने योजनासमेत अघि सारेको छ । नीति तथा कार्यक्रममा राजधानीमा प्रदूषण नियन्त्रणका लागि हरियाली प्रर्वद्धनलाई उच्च प्राथमिकता दिइएको जानकारी डंगोलले दिए ।

No comments:

Post a Comment