Tuesday, July 16, 2019

उद्धार र राहतमा जुट्न देउवाको आह्वान

काठमाडौं, ३० असार– कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकभर बाढी र पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीका सबै सदस्य र शुभचिन्तकलाई उद्धार र राहतमा सहभागी हुन आग्रह गरेका छन् ।
उनले सोमबार विज्ञप्ति जारी गरी सरकारलाई प्रभावित क्षेत्रमा प्रभावकारी ढंगले राहत र उद्धार गर्न पनि आग्रह गरेका छन् । ‘प्राकृतिक विपत्तिको यो घडीमा जारी केन्द्रीय कार्यसमिति बैठक स्थगन गरेर सम्पूर्ण रूपले उद्धार र राहतमा समर्पित हुने निर्णय हामीले गरेका छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘विपत्तिको समय आन्तरिक राजनीतिक विषय हुन् या राष्ट्रिय राजनीतिका अन्य मुद्दा, सबैखाले राजनीतिक आग्रह–पूर्वाग्रहभन्दा माथि उठेर पीडामा परेका दिदीबहिनी–दाजुभाइको सेवामा समर्पित हुनु सबैको परम कर्तव्य हो ।’
देउवाले वर्षा र पहिरोका कारण अमूल्य जीवन गुमाउने छ दर्जनभन्दा बढी नागरिकको परिवारजनप्रति समवेदना व्यक्त गर्दै सबै मृत आत्माको चिरशान्तिको कामनासमेत गरेका छन् ।

No comments:

Post a Comment