Saturday, July 20, 2019

प्रधानमन्त्री र सामान्य प्रशासनमन्त्रीको पुतला दहन

काठमाडौं, ३ साउन– लोकसेवा आयोगको विज्ञापन खारेजीको माग गर्दै शुक्रबार राजधानीमा निस्केको जुलुसले प्रधानमन्त्री केपी ओली र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको पुत्ला दहन गरेको छ ।
आदिबासी जनजाति महासंघ, दलित, मुस्लिमलगायतका समावेशी पक्षधरको भृकुटीमण्डपबाट सुरु भएको जुलुस शहिद गेट, न्यूरोड गेट, भोटाहिटी, असन हु“दै बांगेमुढा पुगेपछि कोणसभामा परिणत भएको थियो ।
कोणसभाकै क्रममा आन्दोलनकारीले प्रधानमन्त्री र मन्त्रीको पुत्ला दहन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही बेर झडपसमेत भएको थियो । लोकसेवा आयोगले जेठ १५ मा स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि विज्ञापन गरेको थियो । लोकसेवाले ती पदका लागि यसै साता लिखित परिक्षा लिंंदैछ ।
आरक्षण बचाउ अभियानको नेतृत्वमा भएको जुलुस र कोणसभाका सहभागीले तत्काल विज्ञापन खारेज गर्न सरकारसित माग गरेका थिए ।
आदिवासी जनजाति र दलित समुदायका अगुवाले संविधानको समानुपातिक र समावेशी सिद्धान्तको प्रतिकूल माग गरिएको विज्ञापन खारेज गर्न आग्रह गरेका थिए ।

No comments:

Post a Comment