Thursday, July 25, 2019

बाढीपीडितलाई २५ लाख सहयोग

काठमाडौं, ९ साउन– केडिया अर्गनाइजेसन ट्रस्ट र निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियनले बाढीपहिरोपीडितका लागि २५ लाख रुपैया“ सहयोग गरेका छन् । ट्रस्टले १५ लाख र युनियनले १० लाख रुपैया“ सहयोग गरेको जानकारी प्रधानमन्त्रीको स्वकीय सचिवालयले जनाएको छ । ट्रस्टका कोषाध्यक्ष मदनलाल केडियो र युनियनका अध्यक्ष पुण्य ढकालले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटी सहयोग रकमको चेक हस्तान्तरण गरे ।
ओलीले चेक बुझ्दै बाढीपहिरोको चपेटामा परेका जनतालाई सहयोग पु¥याउनका लागि रकम प्रदान गरेकामा ट्रस्ट र युनियनप्रति आभार व्यक्त गरेका छन् । ‘प्राकृतिक विपत्तिमा परेका जनतालाई तपाईंहरूले दिएको रकमले उद्धार र राहतमा ठूलो सहयोग पुग्छ,’ प्रधानमन्त्रीको भनाइ थियो । यसअघि ट्रस्टले बारा र पर्सामा आएको हावाहुरीबाट पीडितलाई राहतस्वरूप प्रदेश २ का मुख्ममन्त्री लालबाबु राउतलाई ११ लाख रुपैया“ प्रदान गरेको थियो ।

No comments:

Post a Comment