Friday, July 19, 2019

लोकसेवा विज्ञापन खारेजीको माग गर्दै प्रदर्शन

काठमाडौं, २ साउन– नेपाल आदिवासी जनजाति महासंघले समानुपातिक र समावेशी सिद्धान्तविपरीत गरिएको विज्ञापन खारेजीको माग गर्दै बिहीबार लोकसेवा आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ ।
महासंघले स्थानीय तहमा रिक्त पदपूर्तिका लागि गरिएको विज्ञापन खारेज गरी संविधानमा प्रत्याभूत समानुपातिक र समावेशी सिद्धान्तअनुरूप पुनः विज्ञापन गर्न माग गर्दै प्रदर्शन गरेको हो । प्रदर्शनका क्रममा असमावेशी विज्ञापनका सूत्राधार संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित भएको जिकिर गर्दै उनको राजीनामासमेत मागिएको थियो । प्रदर्शनका क्रममा प्रहरीसित भएको झडपम १० जना बढी घाइते भएको महासंघले जनाएको छ । प्रहरीले केही प्रदर्शनकारीलाई पक्राउ गरी अपराहन रिहा गरेको छ ।
आयोगले स्थानीय तहमा रिक्त ९ हजार १ सय ६१ पदका लागि जेठ १५ मा विज्ञापन गरेको थियो । ती पदका लागि यही साता लिखित परीक्षा हु“दैछ । उक्त विज्ञापन समानुपातिक र समावेशी नभएको दाबीसहित जनजाति महासंघलगायत आन्दोलनमा छन् ।

No comments:

Post a Comment