Sunday, July 14, 2019

उद्धार र राहतमा जुट्न नेकपा र राजपाको आग्रह

काठमाडौं, २८ असार– सत्तारूढ नेकपाले पार्टीका सबै तहका नेता–कार्यकतालाई बाढीपहिरो एवं डुबानमा पीडितको उद्धार र राहतमा जुट्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले शनिबार संयुक्त विज्ञप्ति जारी गरी मुलुकका विभिन्न भागमा अविरल वर्षाका कारण मानवीय क्षति हुन नदिन पार्टीका सबै तहका कमिटी, नेता–कार्यकर्ता र जनसंगठनलाई उद्धार तथा राहत कार्यमा सक्रियतापूर्वक जुट्न आहवान गरेका हुन् । वर्षाका कारण सिर्जित बाढीपहिरो र डुबानबाट भएको मानवीय तथा भौतिक क्षतिबाट पार्टी अत्यन्त दुःखी भएको विज्ञप्तिमा उल्लेख छ । पीडितको उद्धार र राहतमा सरकारका तर्फबाट आवश्यक पहल भइरहेको समेत बताइएको छ ।
त्यसैगरी राजपाले शनिबार विज्ञप्ति जारी गरी उद्धार र राहतमा तदारुकतासाथ लाग्न तीनै तहका सरकार तथा पार्टीका नेताकार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेको छ । राजपाले राहत र उद्धार कार्यमा सहयोग गर्न अरू राजनीतिक दल, नागरिक समाज, स्वयंसेवी संस्था, दातृनिकाय, अन्तर्राष्ट्रिय समुदायलाई समेत अपिल गरेको छ ।

No comments:

Post a Comment