Saturday, July 13, 2019

इन्स्पेक्टरसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं, २७ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी निरीक्षकसहित ७ जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ,
गाडी दुर्घटना मुद्दामा दोषीलाई बचाउन अनियमितता गरेकामा इलाका प्रहरी कार्यालय, गैंडाकोटका प्रहरी निरीक्षक लोकबहादुर जीसीसहित ७ जनाविरुद्ध मुद्दा दायर गरिएको हो ।
इप्रकाका जीसी, सई दामोदर भट्टराई, असई देवबहादुर थापा र हवल्दार बलबहादुर वलीले वास्तविक चालक बोधराज पाण्डे, नक्कली चालक किसुना महतो र मतियार शालिकराम पाण्डेसँगको मिलेमतोमा गलत अनुसन्धान प्रतिवेदन तयार गरी कसुर गरेको पुष्टि भएकाले उनीहरू विरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारका अनुसार जीसीसहितका प्रहरीहरूले आर्थिक चलखेल गरी गाडीले ठक्कर दिई मोटरसाइकल चालकको मृत्यु गराउनेलाई छाडी नक्कली चालक खडा गरेर थुनामा राखेका थिए । मुद्दा दायर भएसँगै इन्स्पेक्टरसहित चार प्रहरी सेवाबाट निलम्बित भएका छन् ।


No comments:

Post a Comment