Saturday, July 27, 2019

तीन इन्जिनियरसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौं, १० साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन इन्जिनियरसहित चार जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । शिक्षा समन्वय एकाइ काभ्रेपलाञ्चोकका इन्जिनियर दीपेन्द्रकुमार देवसहित तीन कर्मचारीले विद्यालय भवन निर्माणका क्रममा डेढ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीहरू विरुद्ध शुक्रबार मुद्दा चलाइएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा देवको सहयोगीका रूपमा कार्यरत सबइन्जिनियरद्वय धनवीर भगत र नीरजकुमार चौधरीसमेत छन् । अख्तियारले विद्युत् प्राधिकरणको लगनखेल वितरण केन्द्रका फोरमेन अविलाल विष्टविरुद्ध समेत भ्रष्टाचार मुद्दा चलाएको छ । विष्टले नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।

No comments:

Post a Comment