Friday, July 19, 2019

सञ्चय कोषले जलविद्युत र घरसापटीको ब्याजदर घटायो

काठमाडौं, २ साउन– कर्मचारी सञ्चय कोषले जलविद्युत क्षेत्रको लगानी र घर सापटीमा साउन १ देखि लागू हुने गरी ब्याजदर घटाएको छ । कोषले जलविद्युत क्षेत्रको विकासमा योगदान पु¥याउन र सञ्चयकर्तालाई घरसापटीमा राहत दिन ब्याजदर घटाइएको जनाएको छ ।
कोषले जलविद्युत क्षेत्रमा गरेको लगानीको ब्याज १०.७५ प्रतिशतबाट घटाएर १० प्रतिशत कायम गरेको छ । कोषले माथिल्लो तामाकोशी, मध्य भोटेकोशी, रसुवागढी, सान्जेन, माथिल्लो सान्जेन, माथिल्लो त्रिशुली ३ बी लगायतका विद्युत आयोजनामा ऋण लगानी गरेको छ ।
कोषका अनुसार यी सबै आयोजनाले तिर्नुपर्ने ब्याजदर घटेको छ । कोषले ४० लाख रुपैया“भन्दा बढीको घर सापटीको ब्याजदरसमेत घटाएको छ । कोषले घरसापटीमा १०.२५ प्रतिशत लिंदै आएको ब्याजदर ०.२५ प्रतिशत घटाएको छ ।
अरू ऋणमा भने ब्याजदरमा भने कुनै परिवर्तन नगरिएको सञ्चय कोषले जनाएको छ । कोषले विशेष सापटीमा ९.५०, ४० लाखसम्मको घर सापटीमा ९.७५ तथा संचयकर्ता शौक्षिक सापटी र घर मर्मत सापटीमा ९.७५ तथा सरल चक्र कर्जामा १०.२५ प्रतिशत ब्याजदरलाई भने यथावत राखेको छ ।


No comments:

Post a Comment