Monday, July 22, 2019

बालुवाटार जग्गा प्रकरणमा मेरो संलग्नता छैन : गच्छदार

काठमाडौं, ५ साउन– कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले बालुवाटार जग्गा प्रकरणमा आफ्नो संलग्नता नरहेको दावी गरेका छन् । आइतबार साँझ भारतबाट स्वदेश फर्केका गच्छदारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसित कुरा गर्दै बालुवाटार जग्गा प्रकरणमा आफू संलग्न नरहेको दाबी गरेका हुन् ।
तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा आफूले विभागीय मन्त्रीको हैसियतमा बालुवाटारमा सडक फराकिलो बनाउनका लागि प्रस्ताव लगे पनि जग्गा व्यक्तिलाई दिने कुनै प्रस्ताव नलगेको जिकिर गरे । उनले संवैधानिक निकाय अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उक्त जग्गा प्रकरणमा आफूलाई बोलाएमा आफू सहयोग गर्न तयार रहेको बताए ।
तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्री गच्छदारको प्रस्तावमा प्रधानमन्त्री निवास बालुवाटारका नाममा नक्कली मोही खडा गरी जग्गा भूमाफियालाई दिइएको थियो । अख्तियारले त्यसबारेमा छानबिन गरिरहेको छ ।

No comments:

Post a Comment