Friday, July 12, 2019

मन्त्रीको मुख सम्हाल्न प्रधानमन्त्रीलाई कांग्रेसको चेतावनी

काठमाडौं, २६ असार– प्रमुख प्रतिपक्षी कांग्रेसले आफ्ना ‘अराजक’ मन्त्रीहरूको मुख सम्हाल्न प्रधानमन्त्री केपी ओलीलाई चेतावनी दिएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार ट्विट गरी सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बाँस्कोटाले आफ्नो पार्टीमािथ नेत्रविक्रम चन्द समूहको हिंसाको पक्षपोष गरेको भनी लगाएको आरोप अराजनीतिक रहेको उल्लेख गर्दै मन्त्रीहरूमाथि लगाम लगाउन प्रधानमन्त्रीलाई चेतावनी दिएका हुन् ।
बाँस्कोटाले बिहीबार सिंहदरबारको नियमित पत्रकार सम्मेलनमा कांग्रेस दिनभरि वीपी, रातभरि विप्लववादी बनेको आरोप लगाउ“दै हिंसाप्रति कांग्रेसको धारणा मागेका थिए ।
पत्रकार सम्मेलनको लगतै कांग्रेस प्रवक्ता शर्माले प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै ट्वीटमा गरी बा“स्कोटा कांग्रेसमाथि अराजनीतिक लाञ्छनामा उत्रेको उल्लेख गरेका छन् । उनले ट्वीटमा प्रधानमन्त्री ओली नै असंसदीय भाषमा बोल्ने गरेको उल्लेख गर्दै उनकै फोटोकपी मन्त्रीस“ग संस्कारको अपेक्षा कसरी गर्न सकिन्छ भन्ने प्रश्नसमेत गरेका छन् ।

‘प्रधानमन्त्री नै जब असंसदीय शब्द बोल्नुहुन्छ संसदमा, तब कुनै फोटोकपी मन्त्रीस“ग संस्कारको अपेक्षा कसरी गर्नु ? अराजनीतिक बोलीको जवाफ दिंदै हिंड्नु उचित हुन्न † भनाइ छ हलेदो भनेर चिनिसकेपछि धेरै कोट्याउनु हुन्न । ‘लगाम’ उपहार पठाउ“ कि सम्हाल्नु हुन्छ आफ्ना मन्त्री ?†’ शर्माले ट्वीटमा भनेका छन् ।
शर्माले हिंसाको दर्शनमाथि विश्वास गर्ने नेकपाका नेता एवं मन्त्री बा“स्कोटाले हिंसाबारे आफ्नो पार्टीको धारणा मागेकामा समेत रोष प्रकट गरेका छन् । ‘जसको दर्शनमा नै हिंसा छ, परिस्थितिवश अर्को बाटो स्वीकार गरेको छ, उसले हामीसित धारणा माग्ने ? हिंसा गरेर संसद कब्जा गर्ने लेनिनको तस्वीर पहिले उतारोस् ।’
शर्माले गाउ“मा कसैका छोराछोरी बिग्रिएका उनीहरूलाई गाली गर्नुको साटो सुधार्नका लागि सीधै अभिभावकस“ग संवाद गर्ने परम्परा रहेको र आफूले त्यही अनुसार गर्दै ट्वीटमा प्रधानमन्त्रीलाई आफ्ना मन्त्रीहरूको मुख सम्हाल्न आग्रह गरेको बताए । ‘प्रधानमन्त्रीज्यूलाई मन्त्रीहरूलाई सम्हाल्न सचेत गराएको हु“ । यद्यपि अभिभावक (प्रधानमन्त्री) आफैं कति जिम्मवार हुनुहुन्छ भन्ने अर्को प्रश्न पनि छ ।’ उनले चन्द समूहले हिंसाको राजनीति छाड्नुपर्ने र सरकारले वार्ताबाट समस्याको समाधान खोज्नुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको उल्लेख गरे ।

No comments:

Post a Comment