Sunday, July 21, 2019

घुससहित ६ इन्जिनियर पक्राउ

काठमाडौं, ४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ इन्जिनियरलाई घूससहित पक्राउ गरेको छ । तीन जनालाई शनिबार र ३ जनालाई शुक्रबार पक्राउ गरिएको हो ।
अख्तियारले कर्णाली नदी नियन्त्रण आयोजनाका तीन इन्जिनियरलाई शनिबार १५ लाख घूससहित पक्राउ गरेको छ । बर्दियाको गेरुवा गाउँपालिकाबाट इन्जिनियरहरू कमल सिटौला, विश्वेश्वरप्रसाद साह र हरिप्रसाद चौधरी पक्राउ परेका छन्  । उनीहरूलाई हिरासतमा राखी अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
आयोगले जलस्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इन्जिनियर प्रकाश अधिकारीसहित दुई जनालाई पक्राउ गरेको छ । विभिन्न उपभोक्ता समिति तथा अन्य कम्पनीस“ग घूुस लिएर बा१झ ५२८० नम्बरको सरकारी गाडीमा काठमाडौं आउँदै गरेका अधिकारीलाई अख्तियारले भक्तपुरको जगातीबाट पक्राउ गरेको हो ।
अधिकारीका साथमा १३ लाख ३८ हजार ५ सय, उनकै गाडीमा रहेका जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय सिन्धुपाल्चोकका इन्जिनियर भोगेन्द्र साहको साथबाट १ लाख २९ हजार १ सय ५ रुपैयाँ फेला परेको अख्तियारले जनाएको छ । अख्तियारले अधिकारी र साह चढेको गाडीसमेत नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
त्यस्तै सिरहाको गोलबजार नगरपालिकाकी सबइन्जिनियर उमा श्रेष्ठ शुक्रबार घूससहित पक्राउ परेकी छन् । शौचालय निर्माणको भुक्तानी दिने क्रममा सेवाग्राहीसँग लिएको ५० हजार रुपैयाँ घूससहित श्रेष्ठ पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।


No comments:

Post a Comment