Tuesday, July 9, 2019

छिट्टै म्याद सकिने वस्तु आयात गर्न अनुमति

काठमाडौं, २३ असार– सरकारले आपूर्तिकर्ता कम्पनीहरूलाई पहिलेका तुलनामा छिट्टै म्याद सकिने वस्तुहरूलाई नेपाल भिœयाउन अनुमति दिने विवादास्पद निर्णय गरेको छ । अब आपूर्तिकर्ताहरूले ६० प्रतिशत मात्रै उपभोग अवधि बाँकी रहेका वस्तुहरू आयात गर्न पाउने भएका छन् ।
भारतबाट भित्रिने तरकारी तथा फलफूलको विषादी परीक्षण रोक्ने निर्णय गरेकै दिन मन्त्रिपरिषदले उपभोग अवधि कम भएका वस्तुहरू आयात गर्न दिने निर्णय गरेको हो । यसअघि ७५ प्रतिशत उपभोग अवधि भएका वस्तुहरूलाई मात्र आयात गर्न दिने व्यवस्था थियो ।
गत जेठ १० मा बसेको मन्त्रिपरिषद् बैठकले ‘निकासी पैठारी आदेश’ संशोधन गरी नेपालमा आयात हुने वस्तुहरूमा भन्सारविन्दुमा आइपुग्दासम्म ७५ प्रतिशत उपभोग अवधि रहनुपर्ने प्रावधान राखिएको थियो ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जेठ १० मा आफैंले गरेको निर्णयलाई सच्याउँदै ६० प्रतिशत मात्रै उपभोग अवधि बाँकी भएका सामानवस्तुलाई समेत आयात गर्न दिने निर्णय गरी आदेश संशोधन गरेको छ ।
सरकारको यो विवादास्पद निर्णयका कारण बजारमा उपभोग अवधि सकिएका वस्तुको समेत खरिद–बिक्री र उपभोग हुने खतरा बढेको छ । त्यसबाट उपभोक्ताहरूको स्वास्थ्यमा समेत खेलबाड हुन सक्ने चिन्ता वाणिज्य मन्त्रालयकै अधिकारीहरू व्यक्त गर्छन् ।
६० प्रतिशत मात्र उपभोग अवधि भएका सामान आपूर्ति गर्ने आदेशभित्र जनस्वास्थ्यका लागि अपरिहार्य औषधिसमेत पर्छन् । अधिकांश सामानमा उत्पादन मिति र ‘एक्स्पायर्ड डेट’ लेखिएको हुन्छ ।
असार २ मा राजपत्रमा प्रकाशित सूचनाअनुसार वाणिज्य मन्त्रालयले ७५ प्रतिशत ‘एक्स्पायर्ड डेट’ बाँकी रहेका वस्तुलाई मात्रै नेपाल प्रवेश दिन थालेको थियो । बिहीबार आदेश पुनः संशोधन भएपछि अब वाणिज्य मन्त्रालयले ‘एक्स्पायर्ड डेट’ ६० प्रतिशत बाँकी रहेका सामान÷वस्तुलाई समेत आयात गर्न दिनेछ ।

No comments:

Post a Comment