Friday, July 12, 2019

१० जनालाई ‘बालसंवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’

काठमाडौं, २५ असार– नेपाल पत्रकार महासंघले केन्द्रीय बालकल्याण समितिको सहकार्यमा १० पत्रकारलाई ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार’ प्रदान गर्ने घोषणा गरेको छ । पत्रकार महासंघ, केन्द्रीय बालकल्याण समिति र प्रेस काउन्सिलद्वारा गठित समितिले सामग्रीको प्रस्तुति, भाषा, विषयवस्तु छनोट तथा गहनता, विषयको सान्दर्भिकता, अनुसन्धानलगायतलाई आधार बनाई ती पत्रकार छनोट गरेको हो ।
महासंघका अनुसार रेडियोतर्फ रामकुमारी खडका (रेडियो उज्यालो एफएम–उपत्यका) र रुमा रिजाल (रेडियो सप्तकोसी एफएम–उपत्यकाबाहिर), छापामाध्यमतर्फ राससका प्रकाश सिलवाल, नागरिकका हिमाल लम्साल (संयुक्त–उपत्यका) र खगेन्द्र अधिकारी (नागरिक दैनिक, उपत्यकाबाहिर) लाई प्रदान गरिनेछ ।
टेलिभिजनतर्फ धनवीर दाहाल (नेपाल टेलिभिजन, रुकुम), कोपिला पोखरेल (बुद्ध आवाज टेलिभिजन, कपिलवस्तु), धनमाया भुसाल, जनता टेलिभिजन, नवलपरासीपूर्व (संयुक्त–उपत्यका बाहिर) र कार्यक्रम प्रस्तोतातर्फ शोभिता रिसाल, (सीआईएन) र शर्मिला खनाल (कान्तिपुर एफएम) लाई पुरस्कृत गर्ने निर्णय भएको महासंघले जनाएको छ ।



No comments:

Post a Comment