Friday, July 12, 2019

संवैधानिक अंगको काममा अवरोध नगरौं ः लोकसेवा अध्यक्ष

काठमाडौं, २५ असार– लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीले संवैधानिक निकायहरूको काममा अवरोध नगर्न सरकार र संघीय संसद्लाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको निर्देशनले स्थानीय तहका लागि गरिएको विज्ञापनमा केही समय अन्योल पारेको प्रति संकेत गर्दै उनले त्यस्तो आग्रह गरेका हुन् ।
मैनालीले संविधानअनुसार चल्ने लोकसेवालगायतका संवैधानिक निकायलाई स्वतन्त्रतापूर्वक काम गर्न दिए मात्रै संसद् र सरकार दुवैको कामलाई सघाउ पुग्ने बताए । मधेसी आयोगद्वारा बुधबार राजधानीमा आयोजित अन्तक्र्रियामा बोल्दै उनले संवैधानिक निकायको काम सरकार र संसद्लाई सहयोग पु¥याउनु रहेकाले उनीहरूको काममाथि अवरोध गर्न नहुने बताए ।
मैनालीले संघीय निजामती सेवा ऐन छलफलका क्रममा रहेकाले त्यसमा सबै समुदायको आरक्षणको स्पष्ट व्यवस्था गर्न संसदको ध्यानाकर्षण गराए ।
उनले ऐनमा आरक्षणसम्बन्धी कतिपय विषय स्पष्ट नभएकाले समावेशी कोटा निर्धारणमा आयोगलाई समेत समस्या पर्ने गरेको बताए । उनले आरक्षणको उचित व्यवस्थाका लागि संघीय निजामती सेवा ऐनमा आवश्यक सुझाव दिन मधेसीलगायतका समावेशी आयोगहरूलाई आग्रह गरे । उनले नेपालको संविधान समावेशिताका दृष्टिले उत्कृष्ट रहेको जनाउ“दै यसको कार्यान्वयनमा सबै पक्षको ध्यान जानुपर्ने धारणा व्यक्त गरे ।

No comments:

Post a Comment