Saturday, July 13, 2019

बाढीपहिरोबाट १७ जनाको मृत्यु, ७ बेपत्ता

काठमाडौं, २७ असार– दुई दिनदेखि लगातार परेको वर्षाले मुलुकभरको जनजीवन प्रभावित बनाएको छ । वर्षाले मुलुकको पश्चिमभन्दा काठमाडौं र त्यसपूर्वको भूभागमा बढी प्रभावित भएको छ ।
गृह मन्त्रालयले शुक्रबार सा“झ ७ बजे जनाएअनुसार बाढी पहिरोमा परी १७ जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
राजधानी उपत्यकामा समेत बाढी पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । राजधानीका अधिकांश ठाउ“ जलमग्न र डुबानमा परेका छन् ।
पूर्वी र मध्य तराईका धेरैजसो जिल्ला डुबानमा परेका छन् भने बाढी र पहिराले दर्जनौं ठाउमा यातायात अवरुद्ध भएको छ ।
राजधानी जोड्ने राजमार्गमा पहिरो जा“दा सवारी साधन रोकिएका छन् । काठमाडौंबाट बाहिरिएका र भित्रिने सवारी साधन जाममा फसेका छन् । हजारौं यात्रुहरू बीचमै विचल्लीमा परेका छन् ।
लगातारको भारी वर्षाले पहाडी र हिमाली जिल्लाहरुमा पहिरोको जोखिम बढेको छ भने तराईका जिल्ला डुबानमा पर्न थालेका छन् । डुबानका कारण तराईका जिल्लाहरुमा खानेपानीको समस्या हुन थालेको गृह मन्त्रालयले जनाएको छ ।
मुलुकका कैयौं ठाउ“ बाढीपहिरो र डुबानको जोखिममा परेकोसमेत गृह मन्त्रालयले जनाएको छ । अविरल पानी परिरह“दा नदी र खोला किनारका बासिन्दामा त्रास फैलिएको छ।नदी र खोलाहरूमा बहाव बढदै गइरहेको छ ।
बाढीपहिरो र डुबानबाट मोरङका ४ सय परिवारका १ हजार जना र बाराका ३५ परिवारका १ सय ७५ जना विस्थापित भई घरबाट अन्यत्र शरण लिन बाध्य भएका छन् । मुलुकभरबाट बाढीपहिरोमा परेका १ सय ५३ जनाको उद्धार गरिएको छ ।
जल तथा मौसम विज्ञान विभागले आइतबारसम्म पानी परिरहने जनाएको छ । विभागले वर्षाबाट नदी र खोलाको बहाव निरन्तर बढने र बाढी पहिरोको खतरा भएकाले सतर्क रहन सर्वसाधारणलाई अपिल गरेको छ ।
गृह मन्त्रालयले जल तथा मौसम विज्ञान विभागको हवाला दिंदै आइतबारसम्म वर्षा जारी रहने भएकाले नदी र खोला छेउका वस्ती भएका बासिन्दालाई सुरक्षित स्थानमा जानसमेत आग्रह गरेको छ।
२४ घन्टामा सबभन्दा बढी सिमरामा पानी परेको छ । सिमरामा ३११ मिलिमिटर वर्षा भएको छ । काठमाडौंमा ११५, ओखलढुंगामा १०१, धनकुटामा ७५.५ र भैरहवामा ४३ मिलिमिटर वर्षा भएको छ ।
जल तथा मौसम विज्ञान विभागले नदी तथा खोला आसपासका क्षेत्रमा सचेतना अपनाउन पनि आग्रह गरेको छ ।

गृहमन्त्रालयले दिएको मृतकको विवरण

३ जनाको मृत्यु (काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका ६ मूलपानी बाबाचोकमा पर्खाल भत्किएर टहरोमा पर्दा ३५ वर्षीया शर्मिला यादव, ३० वर्षीया नितु यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु।
२ जनाको मृत्यु( भोजपुरमा पहिरोले पुरिएर बासिखोराका ६६ वर्षीय रामप्रसाद राई र टेम्के मैयुङ गाउँपालिकाका १४ वर्षीय जनक विकको मृत्यु।
२ जनाको मृत्यु( काभ्रेको बनेपा नगरपालिका(३ नालामा घर भत्किँदा ५० वर्षीया गोमा दंगाल, ७ वर्षीया सोहनी दंगालको मृत्यु।
१ जनाको मृत्यु( ललितपुरकोको वाग्मती गाउँपालिका २ बगुवामा पहिरोले घर पुरिँदा ११ वर्षीय शरद जिम्बाको मृत्यु।
१ जनाको मृत्यु( रामेछाप नगरपालिका(५ करमटारमा गोठ भत्किँदा ७२ वर्षीया पदमकुमारी सुनवारको मृत्यु।
१ जनाको मृत्यु( पर्साको पर्सागढी नगरपालिका १ सिंग्याही खोलाले बगाउँदा १० वर्षीय बालकको मृत्यु।
१ जनाको मृत्यु( महोत्तरीको बलवा नगरपालिका ३ बदियाका ७० वर्षीय हमिद मियाको खोलाले बगाउँदा मृत्यु।
१ जनाको मृत्यु( सिन्धुलीको फिक्कल गाउँपालिका(१ महादेवडाडामा पहिरोले बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनवारको मृत्यु।
१ जनाको मृत्यु( धादिङको गजुरी गाउँपालिकमा १ दरिमटारकी ८ वर्षीया अस्मिता तामाङको घर भत्किएर मृत्यु।
२ जनाको मृत्यु( खोटाङ खोटेहाङ गाउँपालिका(२ नम्बर वडामा पहिरो गएर विष्णु राईको घर भत्केर श्रीमती रेखा राई र छोरा रोमन राई ४ वर्ष र रोहन राई ७ महिनाको मृत्यु।
१ जनाको मृत्यु( मकवानपुरको थाहा नगरपालिका ४ की सन्तमाया बलामी खोला तर्ने क्रममा मृत्यु।

No comments:

Post a Comment