Friday, July 12, 2019

अदालतबाटै अभियुक्त फरार

काठमाडौं, २५ असार– बैंकिङ कसुर सम्बन्धी मुद्दाका एक जना अभियुक्त अदालतबाटै फरार भएका छन् । उच्च अदालत, पाटनमा म्याद थप गर्न लगिएका अभियुक्त रामबोल खडका फरार भएका हुन् ।
फरार अभियुक्तको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ ।
प्रहरीका अनुसार खडकालाई महानगरीय प्रहरी वृत्त, सिंहदरबारले म्याद थपका लागि अदालत लगेको थियो । प्रहरीले आफूलाई झुक्याएर खडका भागेको दाबी गरेको छ ।
यसअघि मंगलबार राति महानगरीय प्रहरी प्रभाग, भैंसेपाटीको हिरासतबाटै चोरी डाँका मुद्दाका दुई र लागू औषध मुद्दाका एक अभियुक्त फरार भएका थिए । प्रहरीले फरारमध्ये चोरी डाँका मुद्दाका रुद्रलाल श्रेष्ठ र समशेर माझीलाई बुधबार पक्राउ गरेको छ ।
लागू औषध मुद्दाका फरार अभियुक्त रविकुमार तिम्सिनालाई अझै पक्राउ गर्न सकेको छैन । दुवै घटनामा प्रहरीको लापरबाही देखिएको अनुसन्धान अधिकृत नै बताउँछन् ।

No comments:

Post a Comment