Tuesday, July 9, 2019

सेनाले खोल्यो महाविश्वविद्यालयको सम्पर्क कार्यालय

काठमाडौं, २३ असार– नेपाली सेनाले राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालयको सम्पर्क कार्यालय स्थापना गरेको छ । जतिसक्दो छिटो महाविश्वविद्यालय स्थापना गर्ने कार्य अगाडि बढाउन सैनिक मुख्यालयमा सम्पर्क कार्यालय खोलिएको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।
सरकारले आर्थिक वर्ष २०७६÷७७ को बजेटमा राष्ट्रिय प्रतिरक्षा महाविश्वविद्यालय स्थापना गर्ने उल्लेख गरेको छ । मुलुकको राष्ट्रिय सुरक्षा र प्रतिरक्षा सम्बन्धमा नीति तथा रणनीति निर्माण गरी त्यसको सहज कार्यान्वयनलार्ई सुनिश्चित गर्न राज्यलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयार गर्न महाविश्वविद्यालय स्थापना गर्न लागिएको हो ।



No comments:

Post a Comment