Thursday, July 25, 2019

१४० जनाको सम्पत्तिमाथि छानबिन जारी : अख्तियार प्रमुख

काठमाडौं, ८ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले सार्वजनिक पदको दुरुपयोग गरी अकुत सम्पत्ति आर्जन गरेका व्यक्तिहरूमाथि गम्भीर अनुसन्धान भइरहेको बताएका छन् ।
उनले बुधबार सञ्चारकर्मीहरूसित कुराकानी गर्दै व्यक्तिको सामाजिक प्रतिष्ठामा हुन सक्ने क्षतिलाई ध्यानमा राखेर अनुसन्धान निष्कर्षमा नपुगेसम्म आरोपितहरूको विवरण सार्वजनिक गर्ने पक्षमा अख्तियार नरहेको बताए।
‘हामीले १ सय ३० देखि १ सय ४० जना व्यक्तिको स्रोत नखुलेको सम्पत्ति छानबिन गरिरहेका छौं’ उनले भने– ‘हामी अनुसन्धानको प्रक्रियामा छौं, सबै विषय विशेष अदालतमा मुद्दा दायर गरेपछि मात्रै सार्वजनिक हुन्छ ।’ घिमिरेले भ्रष्टाचार नियन्त्रण गर्न अख्तियार एक्लैले नसक्ने भएकाले सबै पक्षको सहयोग र सहकार्य जरुरी रहेको बताए । 

विगतका सकारात्मक तथा नकारात्मक अनुभवबाट पाठ सिक्दै अख्तियार अघि बढिरहेको जानकारीसमेत दिए । उनले अख्तियारले कसैलाई भ्रष्टाचार मुद्दामा बचाउने र कसैलाई फसाउनेजस्ता काम नगर्ने बताए ।

No comments:

Post a Comment