Wednesday, July 10, 2019

पेन्सनवालाको चाडपर्व खर्च कटौती नगर्न कांग्रेसको माग

काठमाडौ, २४ असार– कांग्रेसले पेन्सनवाला राष्ट्रसेवकहरूलाई चाडपर्व (दसैं) खर्चबापत वर्षेनि दिइँदै आएको एक महिनाबराबरको तलब कटौती गर्ने विषयमा प्रतिनिधिसभाको राज्य व्यवस्था समितिमा भएको छलफलप्रति असहमति प्रकट गरेको छ ।
कांग्रेसतर्फबाट संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले मंगलबार विज्ञप्ति जारी गरी पेन्सनवाला राष्ट्रसेवकलाई चाडपर्व खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसित माग गरेको छ ।
‘पेन्सन लिने राष्ट्रसेवक कर्मचारीलाई दिदै आएको सुविधा कटौती गर्न कांग्रेस सहमत छैन । तसर्थ उक्त खर्च कटौती नगर्न सरकार र सम्बन्धित निकायसँग कांग्रेस संसदीय दल आग्रह गर्छ’ विज्ञप्तिमा छ ।

No comments:

Post a Comment