Tuesday, July 16, 2019

‘मानवनिर्मित संरचनाले बढी क्षति’

विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई संसदीय समितिको सुझाव
काठमाडौं, २९ असार– प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सदस्यहरूले मानव निर्मित भौतिक संरचनाका कारण पनि बाढीपहिरो र डुबानबाट बढी क्षति भएको बताएका छन् । समितिको बैठकमा आइतबार उनीहरूले बिनाप्राविधिक डोजर प्रयोग गरी जथाभावी सडक खनेर प्रकृतिको विनाश गरिएका कारण पनि विपदबाट क्षति भएको धारणा राखेका थिए । उनीहरूले विकास निर्माणका गतिविधि प्रकृतिमैत्री बनाउन सरकारलाई सुझाव दिएका छन् ।
समिति सदस्यहरूले भारतले एकतर्फी रूपमा सीमा क्षेत्रमा बनाएका बा“ध र तटबन्धका कारण मुलुकको तराई क्षेत्र हरेक वर्ष डुबानमा पर्ने गरेको उल्लेख गर्दै त्यस्तो समस्या समाधानका लागि समयमै कूटनीतिक पहल चाल्न नसकेकामा सरकारप्रति रोष प्रकट गरेका थिए । भारतस“गका कोसी र गण्डकजस्ता असमान सम्झौताका कारणसमेत तराईका बस्ती डुबानमा पर्ने गरेकोतर्फ गम्भीर भई ती सम्झौता पुनरावलोकनका लागि कूटनीतिक पहल गर्नसमेत सांसदहरूले सरकारलाई आग्रह गरे ।
उनीहरूले नेपालमा बाढीपहिरो आउ“दा भारतमा समेत असर पर्ने भएकाले सरकारले द्विपक्षीय पहलबाट दीर्घकालीन समस्या समाधानका लागि लाग्नुपर्नेमा जोड दिए ।
गृहमन्त्री रामबहादुर थापाले मानवीय त्रुटि र कमजोरी तथा पूर्वसावधानीको अभावका कारण बाढीबाट बढी क्षति पुगेको स्वीकार गरेका छन् । जथाभावी विकास गर्ने, डा“डापाखा भत्काउने, खोलानाला थुनेर घर बनाउने प्रवृत्तिका कारण क्षति बढी भएको उनको भनाइ थियो । विश्वव्यापी तापक्रम वृद्धिको असर पनि यसमा देखिएको गृहमन्त्री थापाले बताए ।
उनले प्रकोप न्यूनीकरणका लागि पूर्वतयारी कमजोर हु“दा बाढीपहिरो र डुबानबाट बढी क्षति भएको उल्लेख गर्दै यसमा सरकारसमेत दोषी रहेको बताए । ‘बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो । तर यसको न्यूनीकरण गर्न सकिन्छ,’ उनले भने, ‘चुरे नांगिएको छ । खोलामा घर बनेका छन् । खोलामा घर त बनाउनु भएन नि ।’ उनले अब सरकारले विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी अपनाउने प्रतिबद्धता व्यक्त गरे ।
उद्धार र राहत प्रभावकारी बनाउन निर्देशन
राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरो र डुबानपीडितको तत्काल उद्धार, राहत तथा घाइतेको उपचार प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिले बेपत्ता भएका व्यक्तिहरूको खोजी र विस्थापितहरूको उचित आश्रयस्थल प्रबन्ध गर्नसमेत सरकारलाई ध्यानाकर्षण गराएको छ । समितिले बाढीपहिरो र डुबान प्रभावित ठाउ“मा महामारी फैलिन नदिन तत्काल औषधिसहित स्वास्थ्यकर्मी पठाउनसमेत सरकारलाई निर्देशन दिएको छ ।
बैठकमा गृहमन्त्री थापाले बाढीपहिरो तथा डुबान प्रभावित ठाउ“मा सम्पूर्ण सरकारी संयन्त्र परिचालन गरी सरकारले उद्धार तथा राहतको काम गरिरहेको जानकारी गराए । प्रतिकूल मौसम र हेलिकप्टर अपर्याप्तताका कारण केही ढिलाइ भए पनि सरकारले उद्धार र राहतको काममा कुनै कसर बाँकी नराखेको बताए ।




No comments:

Post a Comment