Friday, July 12, 2019

भोजपुर घटनाबारे प्रहरी महानिरीक्षकद्वारा समितिलाई जानकारी

काठमाडौं, २५ असार– प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भोजपुर नगरपालिका–७ स्थित हाटबजार लाग्ने स्थानमा सुरक्षाका लागि नेपाल प्रहरी खटिएको बेलामा अचानक नेत्रविक्रम चन्द समूहले गोली प्रहार गरेपछि दुई जनाको ज्यान जाने गरी घटना भएको जानकारी संसदीय समितिलाई गराएका छन् ।
भोजपुरमा भएको गोलीकाण्डबारे प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले चन्द समूहको गोलीले एक प्रहरी जवानको मृत्यु भएको र जवाफी कारबाहीका क्रममा चन्द समूहका एक जना मारिएको जानकारी गराए ।
‘चन्द समूहले एक्कासि आक्रमण गर्दा प्रहरी जवान सञ्जिव राईको छातीमा गोली लाग्यो र चन्द समूहका कार्यकर्तालाई नियन्त्रण गर्ने क्रममा प्रहरीबाट जवाफी फायर हु“दा चन्द समूहका ओखलढुंगा इन्चार्ज निरकुमार राईलाई पनि गोली लाग्यो’ उनले भने । उनले गोली लागेका दुवै जनालाई उपचारका लागि अस्पताल लगिएको र चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेको जानकारी दिए ।
समितिको बैठकमा कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडु र डिला संग्र्रौलाले घटनाबारे यथार्थ जानकारी गराउन माग गरेपछि महानिरीक्षक खनाललाई बोल्न दिइएको थियो । खनालले उक्त घटनामा प्रहरी जवान थमनाथ भट्टराईको का“धमा गोली लागेकोसमेत जानकारी दिए ।
उनले भोजपुर घटनाका क्रममा ठूलो चाइनिज पेस्तोल एक थान, त्यसको म्याग्जिन एक थान र छ राउण्ड गोली बरामद भएको बताए ।
उनका अनुसार हतियारसहित केही व्यक्ति लुकेर बसेको सूचनाका आधारमा ड्युटीमा गएका प्रहरीमाथि एक्कासि फायर भएपछि प्रहरीले जवाफी फायर गर्दा उक्त घटना भएको हो । घटनामा दुई जना प्रहरी जवानसमेत घाइते भएका छ । उनीहरूको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको छ । चन्द समूहका अन्य चार÷पा“च जना फरार रहेकाले उनीहरूको खोजतलास जारी रहेकोसमेत प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment