Saturday, July 20, 2019

‘गलत काम गर्ने ट्राफिक प्रहरी तत्काल कारबाही’

काठमाडौं, ३ साउन– प्रहरी महानिरीक्षक(आईजीपी) सर्वेन्द्र खनालले ट्राफिक प्रहरीले गलत काम गरेमा तत्काल आफूलाई खबर गर्न यातायात व्यवसायीलाई आग्रह गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उनले गाडी चालकलाई अनावश्यक दुःख दिने र गलत काम गर्ने ट्राफिक प्रहरीमाथि सूचना पाउनासाथ कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।
उनले यातायात क्षेत्रप्रति गलत रवैया नदेखाउन समेत ट्राफिक प्रहरीहरूलाई सचेत गराए । उनले प्रहरी संगठनले यातायात क्षेत्रमा कुनै पनि खालको समस्या आउन नदिने आश्वासनसमेत दिए ।
प्रहरी महानिरीक्षक खनालले सडक दुर्घटना हुन नदिन तथा भएमा यात्रुको उद्धार तथा घाइतेको उपचार गर्नसमेत यातायात व्यवसायीहरूलाई आग्रह गरे । उनले यातायात क्षेत्रमा हुने गुण्डागर्दीलाई प्रहरीले पूर्णरूपमा नियन्त्रण गर्ने प्रतिवद्धतासमेत व्यक्त गरे।



No comments:

Post a Comment