Friday, July 19, 2019

२४० न्यायाधीशको सरुवा

काठमाडौं, २ साउन– न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २ सय ४० न्यायाधीशको सरुवा गरेको छ । एउटा कार्यक्षेत्रमा दुई वर्ष अवधि पुगेका न्यायाधीशलाई सरुवा गरिएको जानकारी न्यायपरिषद्ले दिएको छ । न्यायपरिषद् बैठकको सिफारिसमा विशेष अदालतका ६, उच्च अदालतका ७८ र जिल्ला अदालतका १ सय ५६ न्यायाधीशलाई सरुवा गरिएको हो ।
परिषद्ले विशेष अदालतमा अध्यक्ष र ५ सदस्य तोकेको छ । उच्च अदालत दिपायलका न्यायाधीश शिवराज अधिकारीलाई विशेष अदालतको अध्यक्ष तोकिएको छ । उच्च अदालत सुर्खेतका न्यायाधीश कृष्ण गिरी, उच्च अदालत दिपायलका न्यायाधीश बालेन्द्र रूपाखेती, उच्च अदालत सुर्खेतका न्यायाधीश शान्तिसिंह थापा, उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका न्यायाधीश चन्द्रबहादुर सारू र उच्च अदालत विराटनगरको इलाम इजलासका न्यायाधीश रवि शर्मा अर्याललाई विशेष अदालतको सदस्य तोकिएको छ । विशेष अदालतमा अध्यक्ष र ५ सदस्य रहने कानुनी व्यवस्था छ ।

No comments:

Post a Comment