Monday, July 29, 2019

राष्ट्रिय चिहनको अवमूल्यन हुने गरी विज्ञापन गर्न नपाइने

के–के छ विज्ञापन विधेयकमा ?
  • किल्न फिड लागू गर्ने दफा पारित
  • पाठ्यपुस्तकमा विज्ञापन गर्न रोेक
  • जुवा खेलाउने विषयको विज्ञापन निषेध
  • विज्ञापनकर्ताको नाम, ठेगाना अनिवार्य
  • वस्तु वा सेवाको प्रयोगमा चेतावनीमूलक सन्देश
  • कन्डमलगायतको विज्ञापनलाई निश्चित समय
काठमाडौं, ११ साउन– राष्ट्रगान, राष्ट्रिय झन्डा, चिह्न र विभूतिको अवमूल्यन हुने गरी विज्ञापन प्रकाशन(प्रसारण गर्न नपाइने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) विधेयकमा यस्तो व्यवस्था राखेको छ ।
समितिले स्वदेशी उत्पादनलगायत राष्ट्रिय महŒवका विषयमा विदेशमा विज्ञापन गर्दा झन्डा, चिह्न, राष्ट्रगानलगायत प्रयोग गर्न पाइने तर तिनको अवमूल्यन गर्न नपाइने व्यवस्था गरेको हो । सरकारले विज्ञापन प्रकाशन एवं प्रसारणमा यी विषयको प्रयोगमा रोक लगाउने प्रस्ताव गरेको थियो ।
यिनको प्रयोगमा रोक लगाउने व्यवस्था अव्यावहारिक हुने भएकाले अवमूल्यन गर्न नपाइने प्रावधान मात्र राखिएको सांसद दिव्यमणि राजभण्डारीले जानकारी दिए ।
समितिले नेपालमा प्रसारण हुने विदेशी टेलिभिजन च्यानलमा ‘क्लिन फिड’ (विज्ञापनरहित) कार्यान्वयनसम्बन्धी विधेयकको दफा पारित गरेको छ । क्लिन फिडको व्यवस्था ऐन जारी भएको मितिले एक वर्षपछि मात्र कार्यान्वयनमा आउनेछ । समितिले विधेयकमा पुराना सेवाप्रदायक (च्यानल डिस्ट्रिब्युटर्स) ले ऐन कार्यान्वयनमा आएको एक वर्षभित्र क्लिन फिड कार्यान्वयन गरिसक्नुपर्ने व्यवस्था गरेको छ । नया“ खुल्ने सेवाप्रदायकले भने सुरुदेखि नै क्लिन फिड लागू गर्नुपर्ने व्यवस्था राखिएको छ ।
पुराना सेवाप्रदायकले क्लिन फिड कार्यान्वयन गर्न पूर्वाधार बनाउनुपर्ने भएकाले एक वर्षको समय दिइएको सभापति कल्याणीकुमारी खडकाले जानकारी दिइन् । राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले भने राजपत्रमा सूचना प्रकाशित भएपछि मात्र क्लिन फिड लागू हुने व्यवस्था पारित गरेको थियो । प्रतिनिधिसभाको प्राविधिक समितिले त्यसलाई हटाएको हो ।
सांसद विन्दा पाण्डेले लोकतान्त्रिक गणतन्त्र र धर्मनिरपेक्षताविरुद्धका तथा सांसद गणेश पहाडीले संविधानविपरीतका विज्ञापन गर्न नपाइने व्यवस्था विधेयकमा राख्नुपर्ने प्रस्ताव गरेका छन् । यस विषयमा भने समितिले निर्णय गर्न बा“की छ ।
विधेयकले विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा विज्ञापन गर्न रोक लगाउने प्रस्ताव गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङले समिति बैठकमा विद्यालय र विश्वविद्यालयको पाठ्यपुस्तकमा चाउचाउजस्ता सामग्रीको विज्ञापनले नकारात्मक प्रभाव परेकाले अब पुस्तकमा विज्ञापन नै राख्न नपाउने व्यवस्था गरिएको जानकारी दिए । विधेयकमा जुवा खेलाउने विषयको विज्ञापनसमेत निषेध गरिएको छ । चिट्ठाको विज्ञापन गर्न भने रोक लगाइएको छैन । सचिव गुरुङका अनुसार चिट्ठा सामाजिक कामका लागि समेत प्रयोग गरिने भएकाले रोक नलगाइएको हो ।
अज्ञात वा बेवारिस विज्ञापन गर्न नपाइने
अब बेवारिस वा अज्ञात विज्ञापनदाताका नाममा विज्ञापन प्रकाशन(प्रसारण गर्न नपाइने भएको छ । विज्ञापनमा विज्ञापनकर्ताको नाम र ठेगानासहितको विवरण अनिवार्य गरिएको छ । विधेयकमा नाम, ठेगानाबिना विज्ञापन गर्न नपाइने प्रावधान राखिएको छ ।
विज्ञापनमा वस्तु या सेवाको प्रयोग गर्दा हुन सक्ने असर र अवलम्बन गर्नुपर्ने सचेतनाका विषयमा उपयुक्त ढंगले चेतावनीमूलक सन्देश दिनुपर्ने व्यवस्था गरिएको छ । विधेयकमा ‘विज्ञापन गरिएको वस्तु वा सेवाको प्रयोग गर्दा हुन सक्ने असरबारे अवलम्बन गर्नुपर्ने सचेतनाको विषयमा विज्ञापनमा उपयुक्त तवरले चेतावनीमूलक सन्देशसमेत दिनुपर्ने’ उल्लेख छ ।
केही वस्तुको विज्ञापनको समय निर्धारण गरिने
सरकारले विधेयकमा कतिपय वस्तुको विज्ञापन गर्ने समयसमेत निर्धारण गर्न लागेको छ । बिहान, दिउ“सो वा बेलुका कुन समयमा कस्तो विज्ञापन गर्न पाउने भन्ने विषय सरकारले गठन गर्ने विज्ञापन बोर्डले तय गर्ने विधेयकमा उल्लेख छ । बैठकमा विधेयकको यो दफालाई व्याख्या गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बा“स्कोटाले कन्डमको विज्ञापनको उदाहरण दिए । ‘बिहान पूजापाठ गरिरहेका बेला कन्डमको विज्ञापन बज्छ,’ उनले भने, ‘भगवानको पूजा गरिरहेका बेला कन्डमको विज्ञापन ? कुन बेला के विज्ञापन गर्ने भन्ने नियम नै थिएन । अब विधेयकमा खास विज्ञापन खास समयमा मात्र प्रकाशन तथा प्रसारण गर्न पाइने व्यवस्था गरिएको छ ।’
विधेयकमा विज्ञापन बोर्डले सार्वजनिक रूपमा सूचना प्रकाशित गरी रेडियो, टेलिभिजन वा अनलाइन वा विद्युतीय सञ्चारमाध्यमबाट प्रसारण वा प्रकाशन हुने खासखास विषयका विज्ञापनका लागि समय निर्धारण गर्न सक्ने उल्लेख छ । बोर्डले निर्धारण गरेको समयावधिबाहेक अरू समयमा त्यस्ता विषयको विज्ञापन प्रसारण वा प्रकाशन गर्न पाइने छैन ।


No comments:

Post a Comment