Tuesday, July 16, 2019

बाढीपहिरोमा मृतकको संख्या ६० पुग्यो, अझै २६ जना बेपत्ता

१ हजार ४ सय ४४ जनाको सकुशल उद्धार
काठमाडौं, २९ असार– बाढीपहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या आइतबार राति ८ बजेसम्म ६० जना पुगेको छ । नेपाल प्रहरीले आइतबार सा“झ जारी गरेको विज्ञप्तिअनुसार अझै २६ जना बेपत्ता छन् ।
ललितपुर, रौतहट र भोजपुरमा ५÷५, ओखलढुंगा, सिन्धुली र मकवानपुरमा ४÷४, काठमाडौं, खोटाङ र काभ्रेमा ३÷३, झापा, उदयपुर, पर्सा, बारा, महोत्तरी, धनुषा, धादिङ र डोल्पामा २÷२ तथा इलाम, पँ“चथर, सुनसरी, सिरहा, रामेछाप, चितवन, पाल्पा र दाङमा १÷१ जनाको ज्यान गएको छ । मृत्यु भएकामा २४ महिला र ३६ पुरुष छन् ।
डोल्पामा ७, सिन्धुलीमा ४, इलाम र मोरङमा ३÷३ जना तथा काठमाडौं, ललितपुर, झापा, सुनसरी, रौतहट, सिरहा, धनुषा, धादिङ र दाङमा १÷१ जना अझै बेपत्ता छन् । बेपत्ता भएकामध्ये १२ महिला र १४ जना पुरुष रहेको प्रहरीले जनाएको छ ।
बाढीपहिरो र डुबानमा परेकामध्ये आइतबार सा“झसम्म १ हजार ४ सय ४४ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । काठमाडौंमा २ सय ८५, ललितपुरमा ६१, उदयपुरमा १०, रौतहटमा २ सय, महोत्तरीमा ५ सय, सिरहामा २, सर्लाहीमा १ सय, सप्तरीमा २५, सिन्धुलीमा ७०, धादिङमा १७, चितवन १ सय ७० तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जनालाई सकुशल उद्धार गरिएको छ ।
बाढीपहिरो र डुबानमा परी ३८ जना घाइते भएका छन् । धनकुटामा ८, मकवानपुरमा ४, ललितपुर र सिरहामा ३÷३, झापा, भोजपुर, सुनसरी, महोत्तरी, काभ्रे र सिन्धुलीमा २÷२ तथा काठमाडौं, भक्तपुर, खोटाङ, उदयपुर, रामेछाप, धादिङ, दोलखा र चितवन १÷१ जना घाइते भएका छन् । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
अवरुद्ध भएका दर्जनौं सडक खुलाइएको र कतिपय खुलाउने काम जारी रहेको प्रहरीले जनाएको छ । वर्षाका कारण मकवानपुर इन्द्रसरोवर गाउ“पालिका–५ महालक्ष्मीखोला नजिक पहिरो आई फाखेल हु“दै काठमाडौंतर्फ जाने सडक खण्डमा भएको अवरोध हटाई एकतर्फी खुलाइएको छ । पाल्पा तिनाउ गाउ“पालिका–३ सिद्धबाबानजिक पहिरो गई अवरुद्ध सिद्धार्थ राजमार्गसमेत आइतबार बिहानदेखि एकतर्फी यातायात खुलाइएकामा दिउ“सो आएको पहिरोले पुनः बन्द भएको छ । उक्त सडकमा यातायात खुलाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
ललितपुर भट्टेडा“डादेखि हेटौंडा जाने सडक खण्ड, मकवानपुर–सिस्नेरी–फर्पिङ सडक, रामेछाप–सेलेघाट खण्ड, मुस्ताङको बेनी–जोमसोङ खण्ड, मनाङको बेसीसहर–मनाङ सडक, ओखलढुंगाको मानेभन्ज्याङस्थित सिद्धिचरण राजमार्ग, भोजपुरको गजुरमुखी भीरस्थित सडक खण्ड, धनकुटाको पाख्रीबासस्थित हिले–भोजपुर सडक खण्ड, रौतहटको चपुर–गौर खण्ड, महोत्तरीको जनकपुर–जलेश्वर खण्ड, कालिकोटको शुभकालिकास्थित कर्णाली राजमार्गलगायत विभिन्न स्थानमा पहिरोका कारण भएको अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीले बाढीपहिरोको जोखिममा रहेका विभिन्न जिल्लाका घरपरिवारलाई सुरक्षित स्थानमा सार्ने तथा पहिरोमा पुरिएका धनमाल निकालेर सुरक्षा गर्ने कामसमेत स्थानीयवासीको सहयोगमा अघि बढाइएको जनाएको छ ।


No comments:

Post a Comment