Tuesday, July 16, 2019

राष्ट्रपतिद्वारा उद्धार र राहतमा जुट्न आहवान

काठमाडौं, ३० असार– राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण मुलुकका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट जनधनको ठूलो क्षति भएको प्रति दुःख प्रकट गरेकी छन् । उनले शोकसन्तप्त परिवारमा सहानुभूतिसहित समवेदना व्यक्त गरेकी छन् ।
राष्ट्रपतिले आइतबार विज्ञप्ति जारी गरी पीडितहरूको उद्धार, घाइतेहरूको उपचार, राहत वितरण र बेपत्ता भएकाको खोजीमा राज्यका सम्पूर्ण संयन्त्रलाई परिचालन गर्न सरकारलाई आग्रह गरेकी छन् । उनले उद्धार तथा राहत कार्यमा राज्यका सम्बद्ध सबै निकायहरूको ध्यान पुग्ने विश्वाससमेत व्यक्त गरेकी छन् । उनले सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई समन्वय तथा सहकार्यसहित पीडितहरूको उद्धार तथा राहत कार्यमा संलग्न हुन आहवान गरेकी छन् ।
उनले भविष्यमा आइपर्ने प्राकृतिक प्रकोपबाट बच्नका लागि सावधानी अपनाउन आमजनता र सम्बद्ध सबैको ध्यानाकर्षण गराएकी छन् ।

No comments:

Post a Comment