Sunday, July 14, 2019

बाढीपहिरोमा मर्नेको संख्या ३६ पुग्यो, बेपत्ता २४

काठमाडौं, २८ असार– अविरल वर्षाका कारण शुक्रबारदेखि देशका विभिन्न स्थानमा आएको बाढीपहिरोमा परी ३६ जनाको मृत्यु भएको छ । २४ जना बेपत्ता र १२ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
शनिबार साँझको तथ्यांकअनुसार बाढीपहिरोमा परी ललितपुरमा ६, भोजपुरमा ४, काठमाडौं, मकवानपुर, खोटाङ र काभ्रेमा ३÷३, धादिङ र सिन्धुलीमा २÷२, पाल्पा, ओखलढुंगा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा, चितवन र सुर्खेतमा १÷१ जनाको ज्यान गएको छ । सुर्खेतमा ९, सिन्धुलीमा ४ तथा काठमाडौं, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र भोजपुरमा १÷१ जना बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ।मकवानपुरमा ४, काभ्रेमा २, खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरी र चितवनमा १/१ जना घाइते भएका छन्।स्थानीय अस्पतालमा घाइतेको उपचार भइरहेको छ । 
 महोत्तरीमा ५ सय, रौतहटमा २ सय, काठमाडौंमा १ सय ८५, सिन्धुलीमा ७०, उदयपुरमा १०, ललितपुरमा ८, सिरहामा २ तथा भक्तपुर, सुनसरी, मकवानपुर र खोटाङमा १÷१ जना गरी ९ सय ७९ जनालाई बाढीपहिरोबाट सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ ।
बाढीपहिरो र डुबानबाट प्रभावित स्थानमा क्षति न्यूनीकरण र उद्धारमा सम्बन्धित प्रदेशका प्रहरी खटिएको प्रहरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं उपत्यकामा ८ हजार ८ सय ५६, प्रदेश १ मा ६ हजार ३ सय ५, प्रदेश २ मा ५ हजार ७ सय २, प्रदेश ३ मा ३ हजार ४ सय ५ र कर्णाली प्रदेशमा ३ हजार १ सय १२ गरी २७ हजार ३ सय ८० प्रहरी परिचालन गरिएको छ ।
पहिरो तथा बाढीका कारण बन्द सडकसमेत खुलाइएको प्रहरीको भनाइ छ । धादिङ बेनिघाटरोराङ गाउ“पालिका १० बा“दरेमोडस्थित पृथ्वी राजमार्ग, हेटौंडाबाट काठमाडौं आउने सबै सडक, नारायणगढबाट काठमाडौं आउने बाटो, बारा जितपुर सिमरा उपमहानगरपालिका २२ स्थित पूर्वपश्चिम राजमार्ग, मकवानपुर हेटौंडा–भीमफेदी–काठमाडौं सडक, इलाम सूर्योदय नगरपलिका ९ ढोडेस्थित वरबोटेदेखि नया“बजार जाने भित्री सडक, धादिङ नौबिसेदेखि हेटौंडा जाने त्रिभुवन राजपथ, दैलेख गुराँस गाउँपालिका २ स्थित तल्लो डुंगेश्वर सियाकोट सुर्खेत सडकलगायत ठाउ“को अवरोध खुलाइएको प्रहरीले जनाएको छ ।
रौतहट चन्द्रनिगाहपुर २ स्थित पूर्वपश्चिम राजमार्गमा ठूला सवारी साधन सुरु गराइएको छ । पा“चथर मेची राजमार्ग, इलाम रोङ गाउँपालिका ४ स्थित मेची राजमार्ग, तेह्रथुम लालीगुरा“स नगरपालिका ९ काडेस्थित म्याङलुङ–वसन्तपुर सडक खण्डलगायत अवरोध हटाइएको प्रहरीले जनाएको छ ।

No comments:

Post a Comment