Wednesday, July 31, 2019

भूमाफियालाई कारबाही गरेरै छाडछु : प्रधानमन्त्री

काठमाडौं, १४ साउन– प्रधानमन्त्री केपी शर्मा ओलीले ललिता निवाससहित मुलुकभर सरकारी जग्गा अतिक्रमण गर्ने भूमाफियाहरूमाथि कारबाही गरेरै छाडने दाबी गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार बुझाएको ज्ञापनपत्र बुझै ओलीले मुलुकका विभिन्न ठाउ“मा अतिक्रमित सरकारी जग्गा सरकारले विधि पु¥याएर फिर्ता गरेरै छाडने बताए ।
उनले ललिता निवासको जग्गा अतिक्रमणको छानबिन आफ्नो सरकारले सुरु गरे पनि उल्टै कतिपयले यही सरकारमाथि जग्गा हडपेको भनेर झूटो आरोप लगाउन थालेको भन्दै आपत्ति जनाए ।
‘ललिता निवासको जग्गाको छानबिन वर्तमान सरकारले नै थालेको हो । तर यही सरकारले जग्गा हडपेकोजस्तो गरी मान्छेहरू कराइरहेका छन्’ उनले भने– ‘योभन्दा अघिका सरकारहरू के हेरेर बसेका थिए ? त्यतिबेला सरकारमा बसेका मान्छे नै अहिले ठूला ठूला कुरा गरिरहेका छन् ।’
उनले आफ्नो सरकारको कार्यकालमा मुलुकमा भ्रष्टाचार बढेको नभई भ्रष्टाचारी पक्राउ पर्ने क्रम बढेको दाबीसमेत गरे । उनले अहिले भ्रष्टाचारीहरू धमाधम पक्राउ परिरहेको बताए ।
‘अहिले भ्रष्टाचार बढेको होइन गिरफ्तारी बढेको हो । भ्रष्टाचारमा संलग्नलाई सानो ठूलो भनेर हेरिदैन । सबैलाई कारबाही हुन्छ । सरकारले भ्रष्टाचार गर्नेलाई अहिले धमाधम पक्राउ गरिरहेको छ’ उनले भने ।
राष्ट्रिय जनमोर्चाको प्रतिनिधिमण्डलले बाग्लुङको गल्कोटमा इलाका प्रसाशन कार्यलय स्थापना गर्न प्रधानमन्त्री ओलीसमक्ष माग गरेको छ । प्रत्युत्तरमा ओलीले जनतालाई सहज रूपमा सेवा दिने आफ्नो नीति भएकाले इलाका प्रसाशन कार्यलय स्थापना गर्न आफू सकारात्मक रहेको आश्वासन दिए ।

No comments:

Post a Comment