Wednesday, July 10, 2019

भारतीय दुतावासको पत्र सामान्य हो : सरकारका प्रवक्ता

काठमाडौं, २४ असार– सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् ।
मन्त्रिपरिषदको मंगलबार बिहान सिंहदरबारमा सबेको बैठकपछि बाँस्कोटाले सञ्चारकर्मीहरूसित बोल्दै दुई देशका सरकारबीच पत्रहरू आउजाउ हुने कुरा स्वभाविक हुने भएकाले त्यसलाई अन्यथा रूपमा लिन नहुने बताए ।
‘सीमा जोडिएका दुई मुलुकबीच आ–आफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारका बीचमा पत्रहरू आउने÷जाने चलिरहन्छ’ बाँस्कोटाले भने– ‘त्यस्ता विषयमा हुने पत्रको आदान–प्रदानलाई सरकारले स्वभाविक रूपमा लिएको छ । त्यसलाई कसैले पनि अन्यथा रूपमा लिनु हुँदैन ।’
उनले सीमा जोडिएका मुलुकका बीचमा सामानहरूमात्र होइन पत्रसमेत आदानप्रदान भइरहने जिकिर गरे । उनले आमजनताको स्वास्थ्य र अधिकारप्रति सरकार सजग र गम्भीर रहेको बताए ।
उनले मुलुकमा आयात हुने तरकारी तथा फलफूलमा हुने विषादी परीक्षणका लागि सरकार तत्काल आवश्यक व्यवस्थापन गर्न गम्भीर रहेको दाबीसमेत गरे । बाँस्कोटाले तरकारी र फलफूलमा हुने विषादीको समस्या समाधान गर्नमात्र होइन आफ्ना उत्पादनलाई वृद्धि गर्नसमेत सरकार लागिपरेको बताए ।

No comments:

Post a Comment