Tuesday, July 23, 2019

विपदमा १९५ को मृत्यु

विपदबाट साढे २ अर्बभन्दा बढीको क्षति
काठमाडौं, ६ साउन– विपद्मा परी वैशाखयता १ सय ९५ जनाको मृत्यु भएको छ । बाढीपहिरो, चट्याङ, आगलागी, हावाहुरीलगायत विपद्मा परी उनीहरूको मृत्यु भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
बाढीपहिरोबाट ९६, चट्याङबाट ४४, आगलागीबाट १३, लेक लागेर १३, जनावरको आक्रमणबाट ९, हावाहुरीबाट ८, सर्पदंशबाट ६, हवाई दुर्घटनाबाट ३ र अन्य घटनामा ३ जनाको मृत्यु भएको गृहको भनाइ छ ।
विपदका घटनामा परेर ३५ बेपत्ता रहेको र ४ सय ८८ जना घाइते भएका छन् । बाढीपहिरोबाट ३३, डुंगा पल्टेर १ र हिउ“पहिरोमा परी एक जना बेपत्ता भएका हुन् । चट्याङबाट १ सय ६३, हावाहुरीबाट १ सय ४९, बाढीपहिरो ५३, आगलागीबाट ६८, जनावरबाट ३५ जना घाइते भएका मन्त्रालयले बताएको छ ।
ती घटनामा करिब २ अर्ब ६८ करोड ५३ लाख ४७ हजार रुपैया“बराबरको क्षति भएको छ । सबभन्दा बढी क्षति बाढीपहिरोबाट एक अर्ब ७ करोड, आगलागीबाट एक अर्ब ५३ करोड ९७ लाख ६५ हजार, हावाहुरीबाट ६ करोड ५५ लाख ३३ हजार, चट्याङबाट २६ लाख २ हजार रुपैया“, जनावरको आतंकबाट ९ लाख १९ हजार रुपैया“बराबरको क्षति भएको छ ।
विपद्बाट १२ हजार ९ सय ९० घरपरिवार प्रभावित भएका छन् । हावाहुरीबाट १० हजार ६ सय ९७, आगलागीबाट १ हजार ५६, बाढीबाट ९ सय ७, चट्याङबाट २ सय ७, लेक लागेर १८, जनावरको आतंकबाट ७५ घरपरिवार प्रभावित छन् । विपद्बाट १ हजार २ सय ६४ घर आंशिक र ७ सय २९ घर पूर्ण रूपमा क्षति भएको गृह मन्त्रालयले जनाएको छ ।


No comments:

Post a Comment