Saturday, July 13, 2019

मूलपानीमा पर्खाल भत्किँदा तीनको मृत्यु

काठमाडौं, २७ असार– राजधानीको कागेश्वरी–मनहरा नगरपालिका ६– मूलपानीको बाबाचोकमा पर्खाल भत्किएर टहरो पुरि“दा तीन जनाको मृत्यु भएको छ । २० वर्षीया निलु यादव, ३५ वर्षीया शर्मिला यादव र १० वर्षीय कुन्दन यादवको मृत्यु भएको हो ।
शर्मिला र कुन्दन आमा छोरा हुन् । बारा, देवताल गाउँपालिकाकी शर्मिलाको परिवार डेढ वर्षदेखि मूलपानी बस्दै आएको थियो ।
शर्मिलाका पति र देवर मिलेर बाबाचोकमा जग्गा भाडामा लिई ६ महिनाअघि टहरो बनाएर बसेका थिए । उनीहरू नजिकै मोटरसाइकल ग्यारेज र सिरक–डसना पसल चलाउ“छन् । दाजुभाइकै परिवार राति त्यही टहरामा बस्थे । श्रीमान् र देवर शुक्रबार बिहानै आ–आफ्नो काममा निस्कएका थिए । टहरामा सर्मिला, देउरानी निलु र छोरा कुन्दन मात्र थिए । दिउँसो अचानक टहरादेखि माथि रहेको पक्की घरको ‘प्रोटेक्सन वाल’ भत्किएर उनीहरूलाई थिच्यो । ढिस्कोमा रहेको बलराम खतिवडाको घर परिसरमा बनाइएको पिल्लर र बिमसहितको पर्खाल भत्किएको हो । तीनै जनाको घटनास्थलमै मृत्यु भएको स्थानीयले जानकारी दिए ।
पर्खालले टहरो पुरिनासाथ सशस्त्र, नेपाली सेना र प्रहरीको संयुक्त टोली उद्धारका लागि आएको थियो । टोलीले करिव डेढ घण्टा लगाई पिल्लर, डन्डी काटेर तीन जनाको शव निकालेको स्थानीयले जानकारी दिए ।

No comments:

Post a Comment