Wednesday, July 10, 2019

प्रधानमन्त्री ओलीले लिए राष्ट्रिय परिचयपत्र

काठमाडौं, २४ असार– प्रधानमन्त्री केपी ओलीले मंगलबार ‘बायोम्याट्रिक’ सूचनासहितको राष्ट्रिय परिचयपत्र लिएका छन् ।
गृहमन्त्रालय मातहतको राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दीपक काफ्लेले प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ओलीलाई परिचयपत्र प्रदान गरेका हुन् । प्रधानमन्त्री पत्नी राधिका शाक्यले समेत परिचयपत्र लिएका छन् ।
सरकारको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार राष्ट्रका विशिष्ट व्यक्ति, सिंहदरबारस्थित कर्मचारी र पा“चथर जिल्लाका ८० प्रतिशतलाई परिचयपत्र वितरण गर्ने कार्यक्रमअनुसार प्रधानमन्त्रीलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिएको हो ।
विभागले सोमबार उपराष्ट्रपति नन्दबहादुर पुनलाई राष्ट्रिय परिचयपत्र प्रदान गरिसकेको छ । आगामी दुई वर्षभित्र मुलुकका सबै नागरिकलाई परिचयपत्र वितरण गरिसक्ने योजना सरकारको छ ।


No comments:

Post a Comment