Monday, July 29, 2019

तरुण दलद्वारा गृहमन्त्रीको राजीनामा माग

काठमाडौं, ११ साउन– कांग्रेस भ्रातृ संगठन तरुण दलले निर्मला पन्त प्रकरणमा गैरजिम्मवार अभिव्यक्ति दिएको भन्दै गृहमन्त्री रामबहादुर थापाको राजीनामा माग गरेको छ । निर्मलाको बलात्कारपछि हत्या भएको एक वर्ष पुगेको दिन शनिबार तरुण दलले विज्ञप्ति जारी गरी गृहमन्त्री थापालाई आफ्नो अभिव्यक्ति फिर्ता लिएर जनतास“ग माफी माग्न भनेको छ ।
विज्ञप्तिमा गृह प्रशासनले बलात्कारी र अपराधीलाई जोगाइरहेको, नागरिकको सुरक्षा गर्न नसकेको र कानुनको धज्जी उडाइरहेको आरोप लगाउ“दै सरकारविरुद्ध आन्दोलनमा उत्रिने चेतावनी दिइएको छ । ‘यसअघि प्रधानमन्त्रीले न्याय पाउन १२ वर्ष लाग्छ भन्नू र अहिले गृहमन्त्रीले सञ्चारकर्मीस“गको कुराकानीमा निर्मला हत्याकाण्ड नौलो नभएको, यस्ता घटना भइरहन्छन् र भइरहनेजस्तो अति नै अमानवीय, गैरजिम्मेवार र निकृष्ट ढंगले अभिव्यक्ति दिएका छन्,’ महासचिव भूपेन्द्रजंग शाहीद्वारा जारी विज्ञप्तिमा छ । तरुण दलले एक वर्ष बित्दा पनि दोषी पत्ता लगाएर पीडित परिवारलाई न्याय दिन नसकेकामा सरकारको आलोचना गरेको छ ।सरकार निर्दोषलाई फसाएर दोषीको संरक्षणमा उत्रिएको आरोपसमेत दलले लगाएको छ ।



No comments:

Post a Comment