Friday, July 12, 2019

असईविरुद्ध भ्रष्टाचार मुद्दा, एक जना घुससहित पक्राउ

काठमाडौं, २६ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार एक जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ भने अर्का एक जनालाई घुससहित रंगेहात पक्राउ गरेको छ ।
अख्तियारले सुनसरीको प्रहरी चौकी भोक्राहाका असई पदमबहादुर कटुवालविरुद्ध मुद्दा दायर गरेको छ । कटुवालले वन मन्त्रालयबाट पक्राउ पुर्जी आएको छ भन्दै तर्साएर सेवाग्राहीसित घुस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
अख्तियारले विद्युत प्राधिकरण, लगनखेल वितरण केन्द्र, ललितपुरका फोरमेन अविलाल विष्टलाई घुससहित पक्राउ गरेको छ । घरमा नया“ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसित लिएको घुस रकमसहित बिष्ट रंगेहात पक्राउ परेको अख्तियारले उल्लेख गरेको छ ।


No comments:

Post a Comment