Thursday, July 25, 2019

महानगरका कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं, ९ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाको सामाजिक विभागका नायब सुब्बा कृष्णप्रसाद सोतीविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । सोतीमाथि सामाजिक विभागमार्फत कार्यान्वयन भइरहेको कार्यक्रमको रकम भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग १ लाख ७ हजार रुपैयाँ घूस लिएको आरोप छ । 
त्यस्तै अख्तियारले घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका खरिदार पुष्प अधिकारीलाई घूससहित पक्राउ गरेको छ । अधिकारीले होटल व्यवसाय दर्ता गरिदिने नाममा सेवाग्राहीसँग ४ हजार रुपैयाँ घूस लिएको जनाइएको छ । अख्तियारका अनुसार अधिकारीको कोठामा खानतलासी गर्दा ७३ हजार ९ सय ५० रुपैयाँ फेला परेको छ । उनलाई अख्तियारको हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ ।



No comments:

Post a Comment