Tuesday, July 9, 2019

सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा फर्काउन सर्वोच्चको आदेश

काठमाडौं, २३ असार– सर्वोच्च अदालतले लगनखेलको सप्तपाताल पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन आदेश दिएको छ । सप्तपाताल पोखरीको जग्गा अतिक्रमण गरेर नमुना मच्छिन्द्रनाथ स्कुल सञ्चालन हुदै आएको छ ।
सर्वोच्चका न्यायाधीशद्वय दिपककुमार कार्की र तेजबहादुर केसीको इजलासले सोमबार स्कुलको नाममा रहेको जग्गालाई सार्वजनिकमा परिणत गरी पोखरीलाई पुरानै स्वरूपमा ब्युँताउन आदेश दिएको हो ।
स्थानीयबासीले सप्तपाताल पोखरीको जग्गाबाट स्कुल भवनलगायतका संरचना हटाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको आदेशबाट स्थानीयबासीको पोखरीलाई पुरानै स्वरूपमा फर्काउने माग पूरा भएको छ ।
सप्तपाताल पोखरी १४ रोपनीभन्दा बढी जग्गामा थियो । पोखरी अचारैतिरबाट मिचिएकाले अहिले डेढ/दुई रोपनी जग्गामात्र बचेको छ । त्यहाँ पानी छैन, घाँसमात्र छ । पोखरीलाई पुरानै स्वरूपमा फर्काउन लगनखेलका स्थानीयबासी १४ वर्षदेखि अदालत धाइरहेका थिए ।




No comments:

Post a Comment