Wednesday, July 31, 2019

दुई उपसचिवसहित ७ जनाविरुद्ध मुद्दा

काठमाडौं, १४ साउन– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर उपमहानगरका प्रमुख प्रशासकीय अधिकृत अर्जुनप्रसाद सुवेदीसहित छ जनाविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
उपमहानगरमा आर्थिक वर्ष २०७४÷२०७५ मा विद्युतीय सामग्री खरिद गर्दा ११ लाख ३५ हजार ४ सय ११ रुपैयाँ हिनामिना गरेको अभियोगमा सुवेदीसहित ६ जनाविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
मुद्दा दायर गरिएकामा सुवेदी, उपसचिव मदन घिमिरे, शाखा अधिकृत ललनकुमार लाल कर्ण, लेखापाल दिनेश चौधरी, नायव सुव्बा अव्दुल जब्बार र सत्या इन्टरप्राइजेजका प्रोप्राइटर मनिषकुमार मिश्र छन् ।
उपमहानगरका सुवेदीसहितका कर्मचारीले सत्या इन्टरप्राइजेजका मनिषकुमार मिश्रस“गको मिलेमतोमा सामान खरिदमा अनियमितता गरेको पाइएको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।
उपमहानगरका कर्मचारीहरूले मिलेमतोमा एउटै व्यक्तिलाई तीनवटा फर्मको नाममा टेन्डर हाल्न लगाएर सत्याको दररेट स्वीकृत गरेको, प्रतिस्पर्धालाई सीमित बनाउन टेन्डर टुक्र्याएको तथा एउटै आर्थिक वर्षमा बढी मूल्यमा आवश्यकताभन्दा धेरै विद्युतीय सामग्री खरिद गरेको अख्तियारले अभियोगपत्रमा उल्लेख गरेको छ ।
यसैबीच अख्तियारले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय स्याङजाका इन्जिनियर बसी अख्तर मोहम्मदविरुद्ध समेत मंगलबार नै मुद्दा दायर गरेको छ । मोहम्मदले सेवाग्राहीसँग ४ लाख रुपैयाँ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको जनाएको छ ।

No comments:

Post a Comment