Saturday, July 27, 2019

क्यबुा कम्युनिस्टको आदर्श भूमि : दाहाल

काठमाडौं, १० साउन– सत्तारूढ नेकपाका अध्यक्ष पुष्पकमल दाहालले क्युबा विश्वभरका कम्युनिस्टको आर्दशभूमि रहेको बताएका छन् । क्युबाबाट पाठ सिकेर विश्वका कम्युनिस्ट पार्टीले आफूलाई अघि बढाउनुपर्ने उनले बताए ।
काठमाडौंमा शुक्रबार सुरु भएको ‘एसिया प्यासिफिक कन्फरेन्स अफ सोलिडारिटी विथ क्युबा’ को दुईदिने सम्मेलनको उद्घाटन गर्दै उनले समाजवाद निर्माणका लागि क्युबाको कम्युनिस्ट पार्टीले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे । सर्वहारा वर्गको उत्थानका लागि क्युबाले गरेको लामो लडाइ“ विश्वभरका कम्युनिस्टका लागि आदर्श बनिरहने उनले बताए । आफ्नो पार्टीले जनताको विश्वास जितेर दुई तिहाई बहुमतको सरकार बनाएको र समाजवाद निर्माणको आधार तय गर्दै अघि बढेको भनाइ उनले राखे ।
सामाजिक न्यायसहितको समृद्धि निर्माण गरेर आफ्नो पार्टीले विश्वमा समाजवादको नया“ मोडल प्रस्तुत गर्न चाहेको उनले बताए । समाजवाद निर्माणका लागि सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको उनले दाबीसमेत गरे ।


No comments:

Post a Comment