Thursday, July 18, 2019

यौनशोषणबाट जन्मेका बच्चाको जन्मदर्ता सिफारिस

काठमाडौं, १ साउन– वैदेशिक रोजगारमा रहँदा नेपाली कामदारले यौनशोषणबाट अनिच्छित गर्भधारण गरी जन्मेका बालबालिकाहरूको जन्मदर्ताको व्यवस्था गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारलाई सिफारिस गरेको छ ।
स्थलगत अध्ययनका क्रममा यौनशोषणबाट अनिच्छित गर्भधारण भई जन्मेका नेपाली कामदारका बालबालिकाहरूको जन्मदर्तामा समस्या देखिएको पाइएको उल्लेख गर्दै स्थानीय तहलाई निर्देशन दिन आवश्यक भन्दै त्यस्तो सिफारिस गरेको हो ।
आप्रवासी कामदारको स्थिति र अधिकारका बारेमा प्रतिवेदन सार्वजनिक गर्दै अनुसन्धानका क्रममा वैदेशिक रोजगारमा रह“दा महिला कामदार गर्भवती भई विदेशमै वा नेपालमा आएर जन्माएका बच्चाहरूको जन्मदर्ता नहुनेजस्ता थुप्रै समस्या भेटिएको आयोगले जनाएको छ । त्यसरी जन्मेका बच्चाहरूको नागरिक अधिकार हनन भइरहेको निष्कर्ष प्रतिवेदनमा छ । 
वैदेशिक रोजगारीका लागि महिलामाथि लगाइएको उमेरको हद तथा प्रतिबन्ध हटाउन पनि आयोगले सरकारलाई सिफारिस गरेको छ । ‘महिलामाथि लगाइएको उमेर हद र प्रतिबन्ध हटाई सुरक्षित र मर्यादित रूपमा वैदेशिक रोजगारीमा पठाउने कार्यलाई व्यवस्थापन गर्नुपर्छ’ प्रतिवेदनमा छ ।


No comments:

Post a Comment