Tuesday, July 9, 2019

५ निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं, २३ असार– सार्वजनिक खरिद अनुगमन कार्यालयले ठेक्का ओगटेर समयमा काम नगर्ने र गुणस्तरहीन काम गर्ने पा“चवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । मातहतका कार्यालयको सिफारिसमा आइतबार सार्वजनिक खरिद ऐनबमोजिम तीनवटालाई एक वर्ष र दुइटालाई दुई वर्ष वर्षका लागि कालोसूचीमा राखिएको हो ।
राजधानीको अनामनगरस्थित कार्यालय रहेको श्री लोहनी एन्ड ब्रदर÷थोदुङग÷सुरुचि जेभीलाई एक वर्षका लागि कालोसूची राखिएको छ । ग्रामीण पुनर्निर्माण तथा पुनःस्थापना आयोजना कार्यालय दोलखाले ठेक्का दायित्व पूरा गर्न नसकेको भनी गरेको सिफारिसका आधारमा कार्यालयले उसलाई कालोसूचीमा राखेको हो । उक्त कार्यालयकै सिफारिसमा लोकवीर एन्ड बेताली÷नेपाल÷प्रगति जेभी बुद्धनगरलाई समेत एक वर्षका लागि कालोसूचीमा राखिएको छ ।
द कञ्चनजंघा÷लामाविल्डर्स जेभी बौद्धलाई २ वर्षका लागि कालोसूचीमा राखिएको छ । संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय, डिभिजन सडक चरिकोटले उक्त कम्पनीलाई काम नगरेको भन्दै कालोसूचीमा राख्न सिफारिस गरेको थियो । कार्यालयले थोदुङग÷अजम्बर÷शिवराम जेभी, अनामनगरलाई एक वर्षका लागि कालोसूचीमा राखेको छ । जलस्रोत तथा सि“चाइ विकास डिभिजन कार्यालय, इलामले काम गर्न नसकेको भन्दै गरेको सिफारिसका आधारमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले जीएम कन्स्ट्रक्सन प्रालि, गोंगबुलाई २ वर्षका लागि कालोसूचीमा राखेको छ । सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई सुर्खेतको सिफारिसमा उक्त कम्पनीलाई कालोसूचीमा राखिएको हो । कार्यालयका अनुसार कालोसूचीको अवधिभर ती कम्पनीले सरकारी निकायका कुनै पनि निर्माण र खरिद प्रक्रियामा सहभागी हुन पाउने छैनन् ।




No comments:

Post a Comment