काठमाडौं, १६ असार– सभामुख कृष्णबहादुर महराले संघीय संसदका सांसदलाई ल्यापटप घर लान नदिइने बताएका छन् । उनले सदन र संसदीय समितिमा रह“दा संसदको काममा प्रयोग गर्न मात्र ल्यापटप सांसदलाई दिन लागिएको बताए ।
संसद् सचिवालयले दुवै सदनका ३ सय ३४ सांसदलाई ल्यापटप दिँदै छ । ल्यापटप खरिदका लागि सचिवालयले टेन्डर आहवान गरिसकेको छ । यसका लागि सरकारले विकास बजेट रकमान्तर गरी संसद् सचिवालयलाई डेढ महिनाअघि करिब ४ करोड रुपैयाँ निकासा दिएको छ ।
संसद् दिवसका अवसरमा सचिवालय र संसद् भवन नया“ बानेश्वरमा सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सभामुख महराले सांसदका ल्यापटप संसदकै मातहतमा रहने बताए । ‘कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट सांसदहरूले संसदीय काम गरून् भनेर ल्यापटप दिन लागिएको हो,’ उनले भने, ‘संसद् र संसदीय समितिलाई पेपरलेस बनाउने लक्ष्य छ ।’
सभामुख महराले सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर गलत प्रचार भइरहेको समेत बताए । ‘सांसदले संसद्मा रहँदा आफ्ना काम गर्छन् । काम भ्याएपछि मन्त्रिपरिषद्मा जस्तै सबै ल्यापटप संसद्मै छाडेर घर जान्छन्,’ उनले भने ।
सचिवालय र समितिमा सांसदहरूको छुट्टाछुट्टै च्याम्बर नहुने भएकाले मन्त्रिपरिषद्मा जसरी सांसदहरूले ल्यापटप छाडेर घर फर्कने कुरा व्यावहारिक नहुने सचिवालयकै अधिकारी बताउँछन् । ‘सांसदलाई घरमै लैजान ल्यापटप दिन लागिएको हो । सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर बाहिर भइरहेको विरोधलाई मत्थर गर्नमात्र सभामुखले ल्यापटप घर लान नदिने दाबी गर्नुभएको हो,’ ती अधिकारीले भने ।संसद् सचिवालयले दुवै सदनका ३ सय ३४ सांसदलाई ल्यापटप दिँदै छ । ल्यापटप खरिदका लागि सचिवालयले टेन्डर आहवान गरिसकेको छ । यसका लागि सरकारले विकास बजेट रकमान्तर गरी संसद् सचिवालयलाई डेढ महिनाअघि करिब ४ करोड रुपैयाँ निकासा दिएको छ ।
संसद् दिवसका अवसरमा सचिवालय र संसद् भवन नया“ बानेश्वरमा सोमबार आयोजित छुट्टाछुट्टै कार्यक्रममा सभामुख महराले सांसदका ल्यापटप संसदकै मातहतमा रहने बताए । ‘कापी र कागजमा लेख्नुभन्दा ल्यापटप प्रयोग गरी छिटो र छरितो ढंगबाट सांसदहरूले संसदीय काम गरून् भनेर ल्यापटप दिन लागिएको हो,’ उनले भने, ‘संसद् र संसदीय समितिलाई पेपरलेस बनाउने लक्ष्य छ ।’
सभामुख महराले सांसदलाई ल्यापटप बाँड्न लागियो भनेर गलत प्रचार भइरहेको समेत बताए । ‘सांसदले संसद्मा रहँदा आफ्ना काम गर्छन् । काम भ्याएपछि मन्त्रिपरिषद्मा जस्तै सबै ल्यापटप संसद्मै छाडेर घर जान्छन्,’ उनले भने ।
No comments:
Post a Comment