Thursday, July 4, 2019

वडाध्यक्ष र इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा

खरिदार घूससहित पक्राउ
काठमाडौं, १९ असार– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्षसहित दुई जनाविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा चलाएको छ । एक जनालाई भने घूस रकमसहित पक्राउ गरेको छ ।
अख्तियारले बाराको महागढीमाई नगरपालिका ६ का वडाध्यक्ष रामजीप्रसाद बरैविरुद्ध मुद्दा दायर गरेको हो । बरैले सांसद विकास कोषको रकमबाट राष्ट्रिय माविको कम्पाउन्ड वाल निर्माण गर्ने काम दिलाइदिन्छु भनी सेवाग्राहीस“ग २ लाख ७५ हजार रुपैया“ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा चलाइएको अख्तियारले जनाएको छ । उनलाई २ लाख ७५ हजार जरिवाना र कैद सजाय गर्न अख्तियारको अभियोगपत्रमा मागदाबी गरिएको छ ।
अख्तियारले सप्तरीको रुपनी गाउ“पालिकाका इन्जिनियर विकासकुमार श्रेष्ठविरुद्ध समेत मुद्दा चलाएको छ । श्रेष्ठले स्वर्णा झोलुंगे पुल निर्माणसम्बन्धी बिल फरफारक गराइदिने प्रयोजनका लागि सेवाग्राहीस“ग १ लाख रुपैया“ घूस लिएको पुष्टि भएकाले उनीविरुद्ध मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ । उनलाई १ लाख जरिवाना र जेलसजाय गर्न माग गरिएको छ ।
अख्तियारले घरेलु तथा साना उद्योग विकास समिति, रोल्पाका खरिदार नीता शर्मालाई घूससहित समातेको छ । समितिले खरिद गरेको सामानको भुक्तानी दिने क्रममा कमिसनका नाममा सेवाग्राहीस“ग लिएको ७० हजार रुपैया“ घूस रकमसहित शर्मा पक्राउ परेको अख्तियारको भनाइ छ ।



No comments:

Post a Comment