Thursday, July 4, 2019

पूर्वमहानिरीक्षक ठकुरी जेल चलान

जेलबाहिर बसेर मुद्दा पुनरावलोकन गर्न पाऊँ भन्ने ठकुरीको निवेदन अस्वीकार
काठमाडौं, १९ असार– सर्वोच्च अदालतले नेपाल प्रहरीका पूर्वमहानिरीक्षक रमेशचन्द ठकुरीलाई बिहीबार राजधानीको डिल्लीबजार सदरखोर कारागार चलान गरेको छ । जेलबाहिरै बसेर मुद्दा पुनरावलोकन गरिपाऊँ भन्ने ठकुरीको निवेदनलाई अस्वीकार गरी अदालतले उनलाई जेल पठाएको हो ।
तत्कालीन प्रधानन्याधीश सुशीला कार्कीको बेन्चले २०७४ सालमा सुडानको डार्फरस्थित नेपाल प्रहरीको संयुक्त राष्ट्रसंघीय मिसनका लागि बन्दोबस्ती सामान (एपीसी) खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै ठकुरीलाई एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवाना तिराउने फैसला गरेको थियो । भ्रष्टाचारी ठहर भएपछि दुई वर्षदेखि ‘फरार’ ठकुरी धरौटी राखी जेलबाहिरै बसेर मुद्दा पुनरावलोकन गरिपाउ“m भनी निवेदन लिएर बिहीबार सर्वोच्च अदालत गएका थिए ।
सर्वोच्चले सुडान घोटालामा ठकुरीसहित पूर्वआईजीपीद्वय ओमविक्रम राणा, हेमबहादुर गुरुङ, पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) श्यामसिंह थापा र दीपकसिंह थाङदेनलाई समेत भ्रष्टाचारी ठहर गरेको थियो । सर्वोच्चले राणालाई दुई वर्ष कैद, ५० हजार रुपैयाँ जरिवाना, गुरुङ र ठकुरीसहित एआईजीलाई एक÷एक वर्ष कैद र जनही ४० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो ।
ठकुरीबाहेक अरू सबै जना कैद सजाय भुक्तान गरेर छुटिसकेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एपीसी खरिद प्रकरणमा ४४ करोड रुपैयाँ घोटाला भएको निष्कर्षसहित पूर्वआईजीपी, पूर्वएआईजी र ठेकेदार मनोज भारतीविरुद्ध मुद्दा दायर गरेको थियो ।



No comments:

Post a Comment