Tuesday, July 9, 2019

विषादी परीक्षण रोकविरुद्ध नेविसंघ सडकमा

काठमाडौं, २२ असार– नेपाल विद्यार्थी संघले भारतलगायतका मुलुकबाट नेपालमा भित्रिने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्ने सरकारको निर्णयविरुद्ध आइतबार प्रदर्शन गरेको छ ।
नेविसंघले भारतीय दबाबका सामु झुकेर सरकारले तरकारी र फलफूलको विषादी परीक्षण रोक्ने निर्णय गरेको भन्दै प्रदर्शन गरेको हो । वाल्मीकि क्याम्पसबाट सुरु भएको विरोध ¥याली पुतलीसडकमा पुगेर कोणसभामा परिणत भएको थियो । विद्यार्थीले तरकारीको माला लगाएर सांकेतिक विरोध गरेका थिए । नेविसंघले विषादीले जनस्वास्थ्यमा असर गर्ने भन्दै सिमा नाकामा पुनः जा“च सुरु गर्न माग गरेको छ ।
सरकारले राजपत्रमा सूचना प्रकाशित गरी असार २ देखि भारत र भारतीय बाटो भएर आयात हुने तरकारी र फलफूलको विषादीको परीक्षण गरेर मात्र नेपाल प्रवेश गर्न दिन थालेको थियो । मन्त्रिपरिषद्ले भारतको दबाबमा असार १३ मा परीक्षण गर्ने निर्णय फिर्ता लिएको छ । सरकारले विषादीयुक्त तरकारी र फलफूल प्रवेशमा रोक लगाउन सुरु गरेपछि भारतीय दूतावासले आपूर्ति मन्त्रालयलाई पत्राचार गर्दै परीक्षण रोक्न आग्रह गरेको थियो ।


No comments:

Post a Comment