Tuesday, July 9, 2019

पेन्सन लिनेलाई दसैं खर्च नदिन प्रस्ताव

काठमाडौं, २२ असार– सांसदहरूले पेन्सन लिने राष्ट्रसेवकलाई दिइँदै आएको एक महिना तलबबराबरको दसैं खर्च कटौती गर्न प्रस्ताव गरेका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको आइतबार बसेको बैठकमा संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमाथिको छलफलमा बोल्दै अधिकांश सदस्यले राष्ट्रसेवकलाई पेन्सन र चाडपर्व खर्च दिइनु न्यायसंगत नहुने बताएका हुन् ।
सत्तारूढ सांसद जनार्दन शर्माले राष्ट्रसेवकलाई पेन्सनस“गै दिइने चाडपर्व खर्च कटौती गर्नुपर्ने बताए । ‘किसानले जीवनभर राज्यका लागि योगदान गरेका हुन्छन् तर उनीहरूले राज्यबाट केही सुविधा पाउ“दैनन् । कर्मचारीलाई मात्र किन पेन्सन पाकिसकेपछि पनि चाडपर्व खर्च दिने ?’ शर्माको प्रश्न थियो ।
कांग्रेसकी सांसद डिला संग्रौलाले शर्माको प्रस्तावमाथि समर्थन जनाउ“दै पेन्सनवाला राष्ट्रसेवकलाई चाडपर्व खर्चसमेत दिनु राज्यका लागि बोझ भएको बताइन् । ‘पेन्सनवालालाई समेत चाडपर्व खर्च दिने व्यवस्था राज्यका लागि बोझ हो, ऐनबाट यस्तो सुविधा हटाइनुपछर्,, उनले भनिन् । समितिका सदस्यहरू नवराज सिलवाल, राजकिशोर यादव, अमरेशकुमार सिंहलगायतले समेत शर्माको प्रस्तावको समर्थन गरे ।
नेकपा सांसद पम्फा भुसालले भने पेन्सनवालाको चाडपर्व खर्च रोक्न नहुने धारणा राखिन् । उनले चाडपर्व खर्च रोक्दा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुने तर्क गरिन् । ‘पेन्सनस“गै चाडपर्व खर्चसमेत दिनु राज्यका लागि बोझ हो तर अवकाशवाला राष्ट्रसेवकले लामो समयदेखि खाइपाई आएको सुविधा हटाउ“दा सरकारविरुद्ध नकारात्मक भावना सञ्चार हुन सक्छ, त्यसैले यसमा थप छलफल गर्नुपर्छ,’ उनले भनिन् ।
समिति सभापति शशि श्रेष्ठले पेन्सनवालालाई चाडपर्व खर्च दिने व्यवस्थालाई निरन्तरता दिने या नदिने विषयमा थप छलफल आवश्यक देखिएकाले सामान्य प्रशासन मन्त्रालयलाई यसमा सरकारको धारणा ल्याउन निर्देशन दिइन् । सरकारले २०१३ सालदेखि अवकाशप्राप्त राष्ट्रसेवकलाई पेन्सन दिन थालेको हो । सरकारले पेन्सनवालालाई समेत अन्य कर्मचारीसरह दसैं या चाडपर्व खर्चबापत एक महिनाको तलब बराबरको सुविधा दि“दै आएको छ । समितिमा विचाराधीन संघीय निजामती कर्मचारीसम्बन्धी विधेयकमा समेत उक्त व्यवस्था कायम राखिएको छ ।


No comments:

Post a Comment